Nepa Top
century-bank

निर्मला हत्या प्रकरण : कञ्चनपुरबाट पक्राउ परेका ३ छाडिए, एक युवा काठमाडौंकाे हिरासतमा

काठमाडाैँ । निर्मला हत्या प्रकरणमा पछिल्लाे समय पक्राउ परेकामध्ये ३ जना छाडिएकाे छ । बुधबार हत्या अाशंकामा एकजनालार्इ काठमाडाैँबाट र ३ जनालार्इ कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेकाे थियाे । उनीहरुमध्ये कञ्चनपुरबाट समातिएका ३ जना बुधबार नै छाडिएको प्रहरी स्राेतले जनाएकाे छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतका अनुसार हत्या अाशंकामा बुधबार दिउँसाे सोधपुछका लागि समातिएका तीनै जनालार्इ साँझ छोडिएको हाे ।

बुधबार नै काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युराेकाे नियन्त्रणमा परेका एकजनालार्इ भने प्रहरीले हिरासतमा लिएकाे छ । उनकाे बयान र प्राविधिक जाँच भइरहेको जनाइएकाे छ । डिएनए जाँचका लागि ती युवककाे नमूना संकलन गरिसकिएकाे जनाइएकाे हाे । लागू अाैषध दुर्व्यसनी समेत रहेकाे बताइएका ती युवामाथि प्रहरीले पहिला नै शंका गरेकाे बताइन्छ । उनले केही अन्य व्यक्तिकाे समेत नाम लिएकाे र उनीहरुलार्इ पनि प्रहरीले साेधपुछ एवं निगरानी गरिरहेकाे बताइएकाे छ ।

गत साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मलाकाे भोलिपल्ट उखुबारीमा शव फेला परेकाे थियाे । बलात्कारपछि उनकाे हत्या भएकाे पुष्टि भए पनि अपराधी चाहिँ हालसम्म पत्ता लाग्न सकेकाे छैन ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]