Nepa Top
century-bank

इंग्लिस प्रिमियर लिग : लगातार तेस्रो बराबरी खेल्दै हारबाट जाेगियाे म्यानचेस्टर

काठमाडाैँ । आर्सनलसँगको खेलमा दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेड हारबाट जोखिएको छ । इंग्लिस प्रिमियर लिगमा युनाइटेडको यो लगातार तेस्रो बराबरी हो ।

बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ र लिगको आठौं स्थानमा छ । आर्सनलको ३१ अंक छ । २६ औँ मिनेटमा मुस्ताफीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लियो । त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लियो, त्यो पनि उपहार गोलबाट । ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गरे । तर त्यसको एक मिनेटपछि नै युनाइटेडका लागि जेसे लिंगार्डले बराबरी गोल फर्काए ।

बुधबार राति नै भएको खेलमा साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्दै टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । ओल्भ्ससँग २–१ ले पराजित भएको चेल्सी ३१ अंकसहित चौथो स्थानमा छ । अरु खेलमा लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]