Nepa Top
century-bank

कोपा डेल रे : पाँचौपटक उपाधि जित्ने सुरमा रहेको बार्सिलोना अन्तिम १६ मा प्रवेश

एजेन्सी । दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति घरेलु मैदान ‘क्याम्प नोउ’मा भएको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसामाथि ४–१ को जित जित निकाको हो ।

यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोनाले समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो । बार्सिलोनाले दोस्रो लेगमा आफ्नो घरमा ४–१ ले जित्दा यसअघिको पहिलो लेग अवे मैदानमा ०–१ ले जितेको थियो ।

बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गरे । उनलाई विङ्गरद्वय माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेर साथ दिए । खेलको १८औं मिनेटमा मुनिरले पहिलो गोल गरे । त्यसपछि १८औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दा ४३ औं मिनेटमा माल्कोमले हेडरमार्फत गोल गर्दै ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने प्रशिक्षक भालभेर्डेले राकीटिचको स्थानमा बुस्केट्सलाई मैदानमा उतारे । त्यपछि दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल थप्यो भने आफूले पनि १ गोल खायो । खेलको ५४औं मिनेटमा लियोनेसाका लागि जोसेप सेनेले गोल गरेका थिए । तर, खेलको ७०औं मिनेटमा डेनिस स्वारेजले नै व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल बार्सिलोनाले ४–१ ले जित्यो ।

यस नतिजासँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । लगातार पाँचौपटक उपाधि जित्ने सुरमा रहेको बार्सिलोनाले अब लिगमा शनिबार एस्पान्योलसँग खेल्नेछ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]