Nepa Top
century-bank

स्वर सम्राटको सम्झनामा (भिडियोसहित)

नेपाली संगीत–आकाशका मुर्धन्य स्रष्टा, स्वरसम्राटः नारायण गोपाल गुरुवाचार्य । सुमधुर स्वरमा कर्णप्रिय संगीत भरेर नेपाली संगीत भण्डारलाई समृद्ध बनाउन सफल स्वरसम्राट नारायण गोपालको शरीर हामीमाझ नभएको २८ वर्ष भयो । तर, उनले गाएका गीत अझै आमनेपालीको मनमा गुन्जिरहेको छ । विशिष्ठ योगदानकै कारण स्वर सम्राट नारायण गोपाल अजर-अमर छन् । उनको शरीर हामीमाझ नभए पनि आमनेपालीले कहिल्यै नविर्सने नाम हो, नारायण गोपाल ।

वुधबार उनको २८ औं स्मृति दिवसमा देशभर विभिन्न सांगीतिक कार्यक्रम भयो । संगीतप्रेमीले स्वर सम्राटलाई सम्झिए । सयौं कालजयी गीत गाएका स्वरसम्राटले नेपाली संगीत भण्डारलाई समृद्ध पार्न पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा भयो । नेपाली संगीत श्रवृद्धिका लागि नारायण गोपाल एक गायक मात्रै होइन्, एउटा युग नै हुन् । र त आज पनि नेपाली संगीतप्रेमीले उनलाई सम्झिरहेका छन् ।

विशेष गरी संगीत साधक नारायण गोपालले आधुनिक गीत गाए । मानव जीवनका दुःख, सुख, आरोह-अबरोहका गीत गाए । मूलतः प्रेम, वियोग र पीडाका गीत गाए । जुन हरमानिसको जीवनसँग मेल खाने खालको छ ।

प्रेम र वियोगका मात्रै होइनन्, उनले राष्ट्रिय भावले ओतप्रोत गीतमा पनि स्वर र संगीत भरेका छन् । जस्तै, म मरे पनि मलाई मेरो देशको माया छ…

करिब ५ सय गीत गाएका स्वारसम्राट नारायण गोपालिले डेढ सय जति गीतमा संगीत भरेका छन् । आधुनिक गीत मात्रै होइन, नेपाली मौलिक लोक गीत पनि उनको स्वरमा सजिएको छ ।

त्यस्तै उनको स्वरमा सजिएको ‘जाग लम्क चम्क हे, नौ जवान हो’ बोलको गीत आज पनि उत्तिकै सान्दर्भिक र युवालाई देशप्रेमप्रति उत्प्रेरीत गर्ने खालको छ ।

नारायण गोपाल गायक तथा संगीतकार मात्रै थिएनन्, उ्रत्कृष्ट गीतकार पनि थिए । तर बढी चाहिँ अरु स्रष्टाले सिर्जनाको गीतमा स्वर भरे । अरु संगीत साधक गीतमा संगीत भरे । नारायण गोपालसँग जोडिएर आउने थुप्रै स्राष्टा एवम् संगीतकार छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, रत्नशम्शेर थापा, कालीप्रसाद रिजाल, किरण खरेललगायत थुप्रैथुप्रै संगीत साधकको साथकै कारण पनि नारायण गोपालले संगीत आकाशको उच्चउचाई चुम्न सफल भएका हुन् ।

नेपाल मन–मनमा बस्न सफल स्वर सम्राट नारायण गोपालले नेपाली संगीत क्षेत्रमा पु¥याउने योगदान अतुलनीय छ । जसलाई आमनेपालीले कहिल्यै विर्सन सक्ने छैनन् ।

को हुन् नारायण गोपाल ?

१९९६ साल असोज १८ गते धर्तीमा पदार्पण गरेका स्वर सम्राट नारायण गोपाल नेपाली संगीत आकाशको पहिलो पुस्ताका गायक हुन् । पिता आशागोपाल गुरुवाचार्य र माता रामदेवीको कोखबाट काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालले जीवन अवधिभर निकै आरोह-अवरोहको सामना गर्नुपर्यो । निरन्तर संगीत साधनामा परेका स्वरसम्राटले ५ सय भन्दा बढी स्वर भरेका छन् भने करिब डेढ सय गीतमा संगीत भरेका छन् ।

गायन यात्राको सुरुवात

नारायण गोपाल तबलाबादकका रुपमा सीिगत क्षेत्रमा प्रबेश गरेका थिए । उनले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसको अवरसरमा मञ्चमा उत्रिएर तबला बजाएका थिए । बालकालदेखि संगीत क्षेत्रमा रुचि भएका उनका एकैचोटि ६ वटा गीत रेकर्ड भयो । ती सबै गीत उनका सहपाठी एवम् सर्जक रत्नशम्शेर थापाले रचना गरेका थिए । ‘स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल, युगल बिछोडको पीडा र ए कान्छा ठट्टैमा बैंश जानलाग्यो’ बोलका गीत उनले एकैचरणमा रेकर्ड गरेका हुन् । जुन अझै पनि उत्तिकै लोकप्रिय छन् । ती सबै गीत भारतको कलकत्तास्थित स्टुडियोमा रेकर्ड भएको थियो ।

राणाकालको अन्त्यतिर उनले प्रेम र वियोगका गीतसँगै देशभक्तिले ओतप्रोत गीत पस्किए । ‘जाग, जाग चम्क हे नौजवान हो’ बोलको गीतले निकै चर्चा पायो । र, जनमनमा बस्न सफल भयो । समय सापेक्ष र प्रेम-जीवनसंग मेल खाने गीतहरु पस्कदै गर्दा उनी नेपाली युवामाझ परिचित हुँदै गए । त्यसपछि उनले आफ्नो गायनमापर्फत् परिवर्तनको आवाज धन्काए ।

त्यसताका नेपाली संगीतमा जमिरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । सोही क्रममा दार्जलिङ भ्रमण गर्ने बेला उनले पेमालालाई आफ्नो प्रेमीको रुपमा पाएका थिए । र, दार्जलिङका होनहार संगितकर्मी गोपाल योञ्जनसंग मितेरी सम्बन्ध गाँसेका थिए ।

पुरस्कार तथा सम्मान

नेपाली गीत संगीतको भण्डार समृद्ध बनाउन निर्बाह गरेको भूकाको गर्दै नारायण गोपाललाई थुप्रै पुरस्कार एवम् सम्मान प्रदान भयो । २०२३ सालमा रेडियो नेपालको सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वोत्तम गायक बन्न सफल नारायण गोपाल २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु र २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कारबाट पुरस्कृत भए ।

२०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्टलगायत थुप्रैथुप्रै राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका उनले स्वरसम्राटको उपाधि समेत पाए । घमण्डी स्वभावका भनेर चिनिएका नारायण गोपालको चेस र फुटबललगायत खेलमा विशेष रुचि राख्थे ।

यद्यपि, उनको प्रमुख प्राथमिकतामा भने सधैं संगीत नै पथ्र्यो । नेपाली संगीत आकाशलाई नै उज्ज्वल बनाउन अतुलनीय योगदान पु¥याएका स्वर सम्राट नारायण गोपालको २०४७ साल मंसिर १८ गते देशत्याग भयो । आज सशरीर हामीमाझ नभए पनि आमनेपालीले उनलाई सम्झिरहेका छन् । उनले गाएका र संगीत भरेका गीत नेपाली संगीतप्रेमीको मनमनमा गुन्जिरहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]