Nepa Top
century-bank

सन्धिखर्क अस्पतालले प्रसुती प्रोत्साहन भत्ता दिन नसक्ने

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क अस्पतालले आमा सुरक्षा प्रसुती प्रोत्साहन भत्ता दिन नसक्ने जनाएको छ । जिल्लाकै एक मात्र १५ सैयाको अस्पातलले रकम अभाब भएका कारण भत्ता दिन नसक्ने जनाएको हो ।

स्थानीय तह मातहत आएको अस्पतालले बजेट अभावलाई प्रमुख कारण मानेको छ । यसअघि सन्धिखर्क नगरपालिकाले उपल्बध गराएको रकमबाट असोजमा र जिल्ला अस्पताल बिकास समितिबाट प्राप्त रकमले कातिक महिनामा भत्ता उपलव्ध गराइएको अस्पतालले जनाएको छ । स्थानीय तहले बजेट विनियोजन नगरेका कारण समस्या आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

आमा सुरक्षा प्रसुती प्रोत्साहन बापत दुई हजार यातायात खर्च र चारपटक गर्भ परिक्षण गराए बापत आठ सय रकम दिदै आईएको थियो । बच्चाका लागि न्यानो झोला बापत न्यानो कपडा दिने गरिन्थ्यो ।

सन्धिखर्क अस्पतालमा यो आर्थिक बर्षमा २ सय ९० जनाले प्रसुती सेवा लिएको तथ्यांक छ । गत बर्ष ५ सय २१ जनाले प्रस्तुती गराएका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]