Nepa Top
century-bank

खेलकुद सम्बद्ध संघमा देखिएको विवाद समाधान कहिले होला ?

काठमाडौं । नेपाली खेलकूद विवादको कोपभाजनमा पर्ने गरेको छ । अझ राजनीतिकरणको समस्यामा तात्विक भिन्नता देखिदैन । विश्वमा नेपाल चिनाउन सक्ने कराँते, जिम्न्यास्टिक, तेक्वान्दो, कुस्ती भित्रको विवादको लहर नै देखिएको छ । यसले नेपाली खेलकूद क्षेत्रलाई कमजोर बनाएको विश्लेषण स्वभाविक बनेको छ ।

सम्भावना रहेका खेल सम्बद्ध संगठन विवाद र झमेलाको ‘चक्रव्यूह’मा फसेका छन् । कराते, जिम्न्यास्टिक, तेक्वान्दो, कुस्ति जस्ता खेलसँग सम्बद्ध संगठनमा देखिएको विवाद समाधान गर्न सरकारले समिति गठन गरेको छ । विभागी युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा समस्या समाधान गर्न समिति गठन गरेको हो । तर, समिति गठनले मात्र समस्या समाधान होला त ? भन्ने प्रश्न उठाएको छ । तीन सदस्य समितिमा मन्त्रालयका सह–सचिव अरुण न्यौपाने र राखेप खेलकूद विकास विभागका प्रमुख कूलबहादुर थापा छन् ।

खेलकूद क्षेत्रमा देखिएको विवादले खेलाडीलाई मात्र होइन, खेलप्रेमीको पनि मनोवल कमजोर बनाएको छ । सरकारले गठन गरेको समिति भने समस्या समाधान हुने विश्वास गर्न आग्रह गर्छ ।

राखेपको निर्देशन अवज्ञा गर्दै आएका संघहरुले समितिको निर्देशन मान्लान् भन्ने आधार छैन । यदी समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आउँदा पनि संघहरुले नमाने कारवाहीसम्मको चेतावनी दिइएको छ ।

खेलकुदजगतलाई विवादको घेरामा राखिरहन चाहने प्रवृत्तिको अन्त्य जरुरी छ । समस्या बढाउँदै जाने प्रवृत्ति निरुत्साहित गर्न राखेप र सरकारले कडा कदम चाल्न आवश्यक छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]