Nepa Top
century-bank

बच्चाको दिमाग तजिलाे बनाउन हरियो सागसब्जी

एजेन्सी ।  बच्चाहरूको  मानसिक विकासका लागि आहारमा ध्यान दिन जरूरी छ । खानामा पौष्टिक तत्व छ भने बच्चाहरूकाे मानसिक विकास तीब्र रुपमा हुन्छ। सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ ।

यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ । यसले शरीर र दिमागको उर्जा कायम राख्छ।

बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ । बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ । त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ।

ओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ । बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ।

९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ। बच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ ।

दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ ।

 

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]