Nepa Top
century-bank

यातायात व्यवस्था विभागको गम्भीर लापरवाहीले स्मार्ट लाइसेन्स छपाइमा समस्या

काठमाडौं । यातायात व्यवस्था विभागको गम्भीर लापरवाहीले स्मार्ट लाइसेन्स छपाइमा समस्या देखिएको छ ।

स्मार्ट लाइसेन्स छपाईको जिम्मा निजी कम्पनीलाई दिने निर्णय अनुसार काम अघि बढेपनि विभागले लाइसेन्स छपाइका क्रममा आउने त्यस्तो डाटा इरर नहटाउँदा समस्या आएको हो ।

विभागको गम्भीर लापर्बाहीका कारण झन्डै एक वर्षसम्म स्मार्ट कार्डको प्रतीक्षामा रहेका ६ लाख सेवाग्राही प्रभावित भएका छन् । निजी कम्पनीले डेढ महिनामा ६ लाख स्मार्ट कार्ड छाप्ने सम्झौता विभागसँग गरेको थियो ।

तर, त्यो समय सकिन केही दिन मात्र बाँकी रहँदा कम्पनीले जम्मा १ लाख ५० हजार मात्रै स्मार्ट कार्ड छापेको छ । कार्ड छपाइको सुरुदेखि हालसम्म ३० प्रतिशत डाटा इरर भएको कारण स्मार्ट लाइसेन्सको तथ्यांकमै समस्या आएको छ ।

विभागले पाँचवटा मेसिनले छापेको स्मार्ट लाइसेन्स आफू मातहतका १६ वटा कार्यालयबाट वितरणको गरिरहेको छ । तर, तोकिएको समयमा कार्ड छपाइ नहुँदा करिब एक वर्ष कुरेर बसेका सेवाग्राही थप मारमा परेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]