Nepa Top
century-bank

ढुङ्गेबजार लघु जलविद्युतबाट १५० घरधुरी लाभान्वित

डोटी, १७ मङ्सिर : डोटी जोरायल गाउँपालिका–६ स्थित निर्माणाधीन १८ किलोवाट ढुङ्गेबजार लघु जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण सम्पन्न भएको छ ।

जोरायल गाउँपालिकाको रु सात लाख तथा ६ नंं वडा कार्यालयको रु चार लाख गरी कूल रु ११ लाखको लागतमा सो विद्युत्गृह निर्माण भएको हो । विद्युत्पोल तथा तार विस्तार गर्ने कार्य बाँकी रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर साउँदले बताउनुभयो ।

पोल तथा तार विस्तार गर्ने कार्य सकेपछि आयोजनाबाट उत्पादित विद्युत् बितरण गर्ने बताउँदै उहाँले उक्त जलविद्युत्बाट ग्वानी, खसरे, गुनड र सिर्सिगाउँका करीब १५० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने जानकारी दिनुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]