Nepa Top
century-bank

नेपाली लेखक महेन्द्र जोशीको उपन्यास ‘रकिङ रोलिङ रोल्पा’ माथी चर्चा

  • हरिशजङ्ग क्षेत्री

महेन्द्रनगर, कंचनपुर । नेपाली लेखक महेन्द्र प्रसाद जोशीको अङ्ग्रेजी उपन्यास ‘रकिङ रोलिङ रोल्पा नो अमेरिका एक्स्फ्लोर नेपाल’ को कंचनपुरको सदरमुकाम महेन्द्रनगरमा चर्चा गरिएको छ ।

शुक्रबार नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कंचनपुरको आयोजनामा भएको अन्तरक्रियामा बैतडी पाटनका उपन्यासकार महेन्द्र प्रसाद जोशीको अङ्ग्रेजी उपन्यास ‘रकिङ रोलिङ रोल्पा नो अमेरिका एक्स्फ्लोर नेपाल’ को बारेमा चर्चा गरिएको नेल्टा कंचनपुरले जनाएको छ । युवा ब्यवसायी एवं समाजसेवी अशोक पाण्डे र शिक्षक तथा बुद्धिजीवी उत्तम बिष्टले उपन्यासमाथी चर्चा गर्नु भएको थिए ।

बिश्व बिख्यात रूपमा चर्चित रहेको अनलाइन सपिङ्ग वेबसाईट अमेजनको सर्वाधिक बिक्री हुने पुस्तकको सुचीमा यो उपन्यास टप २० भित्र पर्दै अत्याधिक रुपमा बिक्रि भइरहेको छ । जोशीले यो उपन्यासमा नेपाली समाजको रहन सहन भाषा धर्म संस्कृतमा हुर्केको मान्छे अमेरिका पुग्दा अचम्मित हुनुका साथै भोग्ने अप्ठ्यारो स्थितलाई र अमेरिकाको आधुनिक समाजमा हुर्केको र त्यही रहन सहन भाषा धर्म संस्कृतमा हुर्केको मान्छे नेपाल आउदा नेपालको समाजको रहन सहन भाषा संस्कृत देख्दा भोग्दाको उतारचढावलाई सहज र सरल तरिकाबाट उपन्यासमा समेटेका छन ।

यो उपन्यासले नेपाली भूगोल, नेपाली समाज र यहाँको पृथक रहन सहन, भाषा, धर्म, संस्कृत, लवाई खवाई भेषभुषाको बारेमा दुनियाँले नजिकबाट चिनोस भन्ने उदेश्यले यो उपन्यास लेखेको यो उपन्यासका लेखक महेन्द्र प्रसाद जोशीले जानकारी दिनु भयो । अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम बिश्वबिद्यालयका करिब ५० जना प्रोफेसर र बिद्यार्थीहरुको उपस्थिति रहेको नेल्टाले जानकारी गराएको थियोे । नेपाली समाजलाई बिश्वमाज चिनाउन यो उपन्यासले महत्त्वपूर्ण भुमिका खेल्न युवा ब्यवसायी एवं समाजसेवी अशोक पाण्डेको बिश्वास समेत रहेको बताए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]