Nepa Top
century-bank

कथा : झरेको पात, झरेरगएको पातलाई रुखले सम्झिन्छ की सम्झिँदैन ?

  • के आर पाण्डुलीपी

काठमाडाैं । ओए भूत सुन त , झरेरगएको पातलाई रुखले सम्झिन्छ की सम्झिँदैन ? के रुखले प्रेम त्यसरी नै देखाऊ छ, त्यो पातलाई जसरी झर्नु अधि गर्दथ्यो ? मैले पुलुक्क उ तिर हेरे, उसले मेरा आँखामा अल्पविराम मात्र देखि होली सायद । मैले भने उनलकाे आँखामा ‘एक वाइन’को गिलासलाई चुम्दै गरेको र बर्सिन वाकिरहेको चेरापुन्जी जस्तो  देखे ।

के आर पाण्डुलीपी

म बोले, त्यो जान्दिन म, रुखले झरेको पातलाई सम्झिन्छ या सन्झिदैन , त मलाई यो बता झरेको पातले रुखलाई सम्झन्छ कि नाई ? म तिर आएको प्रश्नको झटारो मैले उसै तिर फर्काई दिए उ केही बोल्न सकिनन् । बसेको कुर्चीदेखि उठेर अलि पर गई अनि लामो धुवा फाली आकाश तिर अरू काेही बोलेनन्, म पनि मौन भए मैन झैँ जमेर .. सबैले मौनतामा पार्टीको खल्लो देखे ।

आज शुक्रबार हरेक शुक्रबार जस्तै यो दिन पनि हामी जमिरहेका थियौ ‘डेलिसियस क्याफेको रुपटप’मा । पार्टी रस्मिले नै आयोजना गरेकी थिई । बिहानै सबैलाई एक ग्रुप म्यासेज ‘आज साँझ सात बजे क्याफेमा आइज है यो मेरो अन्तिम पार्टी हुनेछ, यदि आइनस् भने पछुताउने छस्। म भूमिगत हुनेछु दिनभर फोन लाग्ने छैन । म क्याफेमै भेटिने छु ।’ भनेर छोडेकी थिई ।

दिनभर भुमिगतनै भर्इ उ, कतै केही सम्पर्कमा आइन । म क्याफे पुग्दा साढे सात भइसकेको थियो । उनीहरू रुपटममा भएको खबर मैले क्याफेको गेटमै पाए । रस्मिले म आएपछि रुपटपमा पठाई दिनु है दाइ भन्दै भनेकी रहिछ सेक्युरिटी दाइलाई । सुदुरपूर्ब ताप्लेजुङका एक अधबैँसे राई दाइ थिए गार्ड, मिठो बोलिएका धनी। जहाँ देखे पनि ‘सर नमस्ते’ भन्थे । उनले मलाई सर भने त्यो दिनदेखि भन्न थालेका हुन् जुन दिन उनकी छोरीले उहाँ मेरो सर हो मलाई हेल्थ पढाउनु हुन्छ भन्दै चिनाएकी थिइनन् ।

बुढा म सङ्ग अरू केही नसोधे नी सर ‘छोरीको पढाइ कस्तो छ ? इन्टर त पास गर्छे नि’ भनेर सोध्थे । म पनि राम्रो छ दाइ ढुक्क हुनुस् पास हुन्छ भन्थे । हुन त छोरी पनि जेहेन्दार नै थिई । म सरासर रुपटप गए । बलिरहेको मधुरो बत्ती बिचमा एक ठूलो टेबुल , त्यसमाथि तीन बोतल बियर, दुई बोतल वाइन , एक फुल रुस्लान भोड्का , केही गिलास खाली , मन्द आफूलाई जलाई रहेको हुक्का, आफूलाई नाङ्गै सुताई रहेका सलाद , नर्कमा तेलमा बेसरी तारिएर आएका कुखुरा र खसीका स-साना चोक्टा, अनि तिनीहरूलाई कुरिरहेका चार जोर टाउकाहरू जो कुनै शोक सभामा शोक मनाउन मौन धारण गरे झै झुकेका , औलाहरू मोबाइलको स्कृनमा ताण्डव मच्चाई रहेका, खालि सास फेरिरहेका मान्छेहरू, यता उता हेरे कुर्ची ताने र बस्दै बोले,हैन के हो ? शोक सभा सकिएन भन्या के हो यो ? घोप्टे युगका मनुवाहरू ।

Image result for party sketch

हेर है केटा केटी हो सम्बन्ध भन्दा ठूलो साधन हुँदैन । सबै मोबाइल खेलाउन बन्द गर अनि आऊ जम्नुपर्छ खालि घोप्ट्या छन् । उनले भनिन् ‘हेर्न ढिलो आउने उही नेता बन्ने उही यो मुलालाई आज सजाय स्वरूप एक गिलास भोड्का खुवानु पर्छ हो ।’ उनको कुरामा ‘हो’ मा ‘हो’ थप्दै  टपरे योगेन्द्रले जोसिदै भने, ‘हो यार यो भूतलाई आज भोड्का खुवाउनु नै पर्छ ।’  सबैले हो मा हो मिलाए । ( भूत मेरो नामको अर्थ ,मेरो पूरा नामको प्रमुख दुई अक्षर लाई अर्थाउँदै भूत उनीहरूले नै बनाइदिएका ) मलाई साथीहरूले ‘भूत’ भनेको औधी मन पर्ने छोड्यो । सब अब जमौँ अलि ढिलो भयो यार जाम थियो, मैले कुरा टारे ।

‘ल ल सुरु गरौँ अब सबैले आफ्नो गिलासमा घोप्टाउ है’, चिसो चिया हुक्काको धुवा उडाउँदै दिनेश बोल्यो । अनि तिमीहरू चाहिँ चिसो चिया पिएर तातिने म चाहिँ के नि खै मेरो ?  मैले भने । ‘ओए भूत आज बियर खान यार कि भोड्का खा वाइन त केटीले के खान्थिस्’ शरिका बोली । भो भो छोड न खाने , – ल त्यसो भए तेरो लागि रेडबुल छ हो ।  शरिकाले रेडबुल दिई, अनि सबैले आ आफ्नो गिलासमा आफूलाई मन पर्ने सराब घोप्टायाैँ । पिके ले भने हुक्का तान्नमा मस्त थियो । हुक्का तान्दै बोल्यो आज ‘फेलेबर’ भएन के डबल एप्पल मगाउनु परो ।

आज रेडबुलको संवाद हमेशा भन्दा फरक थियो तर मेरो जिब्रो पो केही भयो कि सोछे बोलिन – ओए रश्मि आज बिहान के म्यासेज गर्‍या त्यस्तो किन हो ?  सधैँ दाँत देखाएर हास्थिस आज तेरो दाँत झर्‍यो कि के हो ? नरेशले सोध्यो लु है रस्मिले नि चिसो चिया पिएकी छ अब तातो गफ निकाल्छे पुरै कडा गफ नि रबिना बोली अरू सबै हाम्रो गफ सुन्दै हुक्का र सराब तान्न मस्त थिए ।

ओए रश्मि त जिउँदै छिस तर मर्न आँटिसकी के हो अन्तिम पार्टी भन्दै लेखिस् त के हो ? मैले रस्मिलाई प्रश्न को झटारो हाने , सायद अहिले रस्मिलाई सराब भन्दा नि मेरो प्रश्नले छोए छ । उ केही बोलिन र म तिर हेरी हातमा लिएको वाइनको गिलास एक सटमै स्वाद पारी अनि मलाई पुलुक्क हेर्दै बोली जिउँदै मरेका मान्छे हरेको मर्ने टुङ्गो हुँदैन हो । म मरिसकेकी छु त्यसैले आज अन्तिम पार्टी – मरेका मान्छेहरू पनि दारु पिएर बोल्दा रछन हो सरिकाले यति के भनेकी थिई सब गलल्ल हाँसे – के भयो हो यो माहान आत्मालाई पुरै साहित्य पो धीत यसले के हो ? मैले जुस्किदै सोधे ।

रस्मिले भनिन् ‘ओए भूत सुन ,जब आफ्नै मुटु भित्रको मान्छेले छोडेर जान्छ नी अनि कसरी पो बाच्न सकिन्छ । मुटु नै कसैले बोकेर लगेपछि अनि कसरी पो चल्छ र ?’  मैले भने ‘रक्त प्रवाह र वायु  यसलाई दारुले छोए जस्तो छ । रमाइलो गर्न छोडेर पितुर्के कुरा गर्छे यार’ रबिनाले प्वाक्क बोली ‘ह्या छोड्न’ । ‘रबिने के भन्न खोजेकी हो भन्न देन’ ।  ‘हामीलाई नभने कसलाई पो भन्छे र ? हामी त हु एक अर्काको कुरा सुन्ने मैले’ मैले भने । ‘हो हो भन भन रश्मि के भन्न खोजेकी भन हामी सुन्छौ । समस्याको सोलुसन फ्याट्ट सबैले एकै स्वरमा बोले । ओए भूत ‘यो भूत, भगवान् र प्रेम उस्तै हो रहेछ यार कहिल्यै न देखिने, न बुझिने , न छ भन्ने प्रमाण , न छैन भन्ने तेहि पनि डर लाग्ने अनि यही चाहिने -ल सबै कुरा देखिन्छ भन्ने के छ र केटी तेरो बुबाको बाजे को बाजे हुनुहुन्थ्यो र पो त छिस अब तैँले देखिन बुढा थिएनन् भनेर हुन्छ त विश्वास हो नि केटी -भूत एउटा कुरा भन त , के झरेको पातलाई रुखले सम्झिन्छ ?

ओए किन पर गएकी त यहाँ आएर बसन यार सबैले रश्मिलाई बोलाए पछि उ आई । ‘भूत एउटा कुरा भनु – एउटा मात्र धेरै भन न – तर भूत उसले मलाई सम्झिँदैन नि अब । म उसको लागि पात भइसके झरेको तर केटा मेरो मुटु त उ सङ्गै छ म त बाच्न सक्दिन नि म झरेको पात सुके झैँ सुक्छु । तलाई थाहा छ मलाई विष्णुले छोडिदियो । मलाई सजिलै बिर्सन्छ रे उ हेर्न म पो कसरी बिर्सेर उसलाई । तैँले भनेको थिइस नि प्रेम यस्तो लगानी हो जसले सावा भन्दा चौबल ब्याज दिन्छ ब्याजमा कि याद दिन्छ कि साथ दिन्छ तर मलाई त याद मात्र दिने भयो उ यति बोलेर मौन भई बर्सिन ठिक्क परेको चेरापुन्जी बर्सियो । आशुले परेलीको डिल धानेरै आयो ह्या यो केटी यसरी रुन्छे भन्ने जान्या भए म आउने नै थिइन । खुब उसको मात्र ब्रेकअप भए जस्तो ला आँसु पुछ शरिकाले न्यापकिन पेपर रस्मिलाई दिँदै बोली । तेरो मात्र त्यस्तो भा हो र ? मलाई हेर मलाई पनि त प्रकाश ले एक्लो बनाएर गयो मैले पनि त उपहार मा आँसु पाएकी छु तर हाँसेकी छु त किन रुन्छिस भन त । सरिका रस्मिलाई सम्झाउन थाली अरूले रस्मिलाई हेरिरहे , म भने प्रकाश र विष्णु लाई सम्झिन पुगे विष्णु र प्रकाश मेरा लौङगटिया यार ।

Image result for friendship sketches

हामी एउटै स्कुल पढेको । बालकालका तिता मिठा याद जोडियका सारथि ।क्लास छोडेर भागेका कहानी होस या केटीको ट्वाइलेट चिहाई चिहाई हेरेको कहानी यी सबैका पात्र हौ हामी तीन । हामीले फलामे ढोका सङ्गै तोडेको । तोडे पछि केही वर्ष छुट्टिए पछि फेरि यही काठमाडौँ खाल्डोमा भेटिएका थियौ । यी दुवै जना म भन्दा अगाडि राजधानी छिरेका म अलि पछि । विष्णु मोटे जसले मलाई स्कुल हुँदा काखमै बसायो । मैले नै हो यी दुई को भेट मेरो ग्रुप सङ्ग गराएको ।

मनकामना घुम्न जाने कार्यक्रमको हिस्सा बनाएको । त्यही मनकामनाले नै जोडेको हो रश्मि र विष्णु अनि प्रकाश र सरिकालाई एक अर्कामा । त्यही मनकामनाको घिउ हालेको भात र गुलियो सुन्तलाले नजिक ल्यको । त्यस पछि त यिनीहरूको दिन खुलेको नि । कृष्ण मन्दिर ,नन्द किशोर पार्क , फिल्म हल , थकाली खाजा घर मेरो कोठा यिनीहरूको डेटिङ्ग स्पोट भयो । मोबाइल को वाल पेपर को तस्बिर देखि लिएर ग्यालरी भरी यिनीहरूका लोभ लाग्दा तस्बिर । एक पल्ट प्रकाश ले शिशिर उसको एउटा पार्क को तस्बिर देखापछि त्यसको अर्को दिम नरेश र म त्यही पार्क गएर तिनीहरूको तस्बिरमा देखिएको जति सबै सिन निकाल्ने गरी फोटो खिचेर फेसबुक मा घुम्नलाई लव पर्नु पर्छ भन्ने छ्रैन भन्दै पोस्ट पनि गर्‍यौ ।

बिहे गर्ने सोचसम्म बनाएका । छोरा छोरीको नाम पनि तय गरेका कम्ता गरेका थिए र भन्या । यसरी रमाउने यिनीहरूको प्रेम प्रस्तावको कहानी नि गजबको थियो । सरिका र प्रकाशको सम्बन्ध सजिलै स्थापित भए पनि विष्णुले रश्मि पाउन शिवलाई नै गुहार्नु परो । सोझै भन्ने हो भने शिव रात्रि नै पर्खनु परो शिव रात्रिको राती मेरो कोठामा पार्टी गरे विष्णु ले दूत हुने गरी दारु पिएर रश्मि चाहियो भन्दै कराएको थियो । दारु बढी भएर छाड्दै रश्मि लव यु भनेको थियो । त्यसै दिन देखि रश्मि र विष्णु जोडी भएका । त्यस पछि का केही दिन त विष्णु हामीलाई खबर नै नगरी रस्मिकै मा बस्यो । रस्मिले पनि धेरै जसोलाई विष्णु लाई आफ्नो प्रेमी भन्दै चिनाई ।। उनीहरूको सम्बन्धको रफ्तार यति तेजिलो थियो की मानै हाइवेमा रात्रि सेवा दिई रहेको कुनै एक बस दौडिरहे छ । मैले धेरै पल्ट स्पिड घटाउन सुझाएको पनि हु अहँ तर मान्नेन । मैले यो राम्रो हैन भन्दा न बाहुन ले च्याउ खायो न च्याउको स्वाद पायो भन्दै टारे । तर आज रस्मिले च्याउको स्वाद पाएर रुँदै थिई ।

Related image

ओए केटी किन के भयो र ? के गर्‍यो र विष्णु ले मैले नजानिँदो गरी प्रश्न गरे – मैले गल्ती गरे केटा, साँच्चै तैँले भने जस्तै हाम्रो रफ्तार बढी भए छ । दुर्घटना भयो । अनि म न उठ्ने गरी घाइते भए । अक्सर दुर्घटनामा चालक बच्छन् याहा नि उस्तै भयो उ चालक थियो बच्यो म सङ्ग कुनै जवाफ थिएन यो विषयमा किनकि मैले उहिले नै भनेको थिए यो गर्नु गल्ती हुन्छ भनेर ।उसो त यहाँ म कसैलाई केही भन्न सक्ने स्थितिमै थिएन दुवै तिर मेरा आफ्नै मान्छे थिए । मैले वकिल बन्ने ठाउनी थिएन म सङ्ग सस्मर्थय भनेकै श्रोता बन्ने हेर केटी गल्ती दुवैको छन् ।

तिमीहरूले चाहिने भन्दा बढी रफ्तारमा सम्बन्ध दौडायौ । सम्बन्ध दौडाउनु पूर्व इगो र घमन्डको झिल्को पनि त बोकेर हिँड्यौ । त्यही झिल्को आगो भएको हो र सम्बन्धमा डढेलो लगाएको हो । एक अर्कामा चुम्बक झैँ चप्किन मात्र खोज्यौ तर घुर्ब फरक छ भन्ने बुझेनौ । प्रेम गर्नु मात्र ठूलो कुरा हैन प्रेममा बुसवास हुन जरुरी छ । – जुन प्रेमले उपनिबेश लाध्छ त्यो प्रेम कसरी टिक्छ भन त केटा ? के हाम्रो सपना चाहिँ सपना होइन ? – प्रेमले सपना मार्दैन केटी प्रेमले त सपना जिताउँछ । एकले अर्काको सपना जिताउनुमै आफ्नो खुसी देख्छ ।आफ्नो लक्ष्य देख्छ ।

आफ्नो मान्छेको सपना पूरा गर्न उ चङ्गाको धागो बन्न तयार हुन्छ र उडिरहेको सपना छोप्न सिकाउँछ । त्यो हो प्रेम – म यति बिछिप्त भए केटा । म अचेल हरकुरामा विष्णु मात्र देख्छु । कसरी कन्ट्रोल गरु आफूलाई – रश्मि मेरो दृष्टिकोणमा त प्रेममा बिम्ब नै हुँदैन । मैले कसैलाई प्रेम गरे भने म उसलाई अरूमा देख्न सक्दिन किन कि म उसलाई मात्र प्रेम गर्छु जो उ हो । प्रेममा बिम्ब आउँछ भने त अरू कसैलाई उही मानेर बसे भैगो नी किन चाहियो र त्यही । प्रेम कुनै बन्देजमा हुँदैन त्यो त स्वतन्त्र आकाशमा कावा खादै उडिरहेको पन्छी जस्तै हो । त्यो त हो केटा आफ्नो सपना मारेर प्रेम गर्न नसकिने रहेछ । प्रेम गर्न औकात चाहिँदो रहेछ । – प्रेमले हैसियत खोज्दैन ।

प्रेमले हैसियत खोज्दैन हैसियत खोज्ने त व्यक्तिले हो । प्रेम त अन्तर आत्माको एक दृष्टि हो । जो जाहा जसरी अनि जे मा पनि हुन सक्छ । – ओए सुन त केटा यदि प्रेमले हैसियत खोज्दैन भने विष्णुले किन मलाई छोडेर अमेरिका को डिभी परेकी केटी रोजेर गयो ह ? यहाँ प्रेम र पैसालाई एक तराजुमा जोखिन्छ । जब प्रेम पैसा भन्दा हलुको हुन्छन् तब पैसा सङ्गै प्रेम गर्छ मान्छे । जब पैसा हुँदैन नि तब प्रेम त यौन प्यास मेटाउने एक माध्यम बन्छ । एक शरीर एक ओछ्यानमा सीमित हुन्छ । बिना दौलतको प्रेम शारीरिक सन्तुष्टिमा समाहित हुन्छ ।

तैँले प्रेम पढेको छस् तैँले बुझ्न खोजेको छस् तर मैले प्रेम भोगेको छु । जसले हैसियत चिनाएको छ । मुनामदन का कथस सुन्न चाहान्छ्स्न मान्छे भोग्न हैन । यदि पैसा हुँदो हो त न मुना मदन छुट्ने थिए न म र विष्णु नै रश्मि मौन भई केही बोलिन । म खाली हेरी रहे उसको मुहार मा म सङ्ग कुनै जवाफ थिएन । मैले प्रेम पढेको थिए भोगेको थिइन र यो अर्थाउन सकिन पौसा या प्रेम विष्णुको अमेरिका मा प्रेम थियो या पैसा केही मेसो पाइन । म चुप चाप उठेर पर गए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]