Nepa Top
century-bank

एशिया प्यासिफिक सम्मेलनका ‘विशिष्ठ’ पाहुनाको पृष्ठभूमि पनि विवादित

काठमाडौं । ईसाई धर्मावलम्बीअन्तर्गत क्याथोलिक पक्षधरका समूहको एसिया प्यासिफिक सम्मेलन भोलि सुरु हुँदैछ । धर्म प्रचारको उद्देश्यमा सरकारको जोडबलका कारण नेपालमै सम्मेलनको आलोचना भइरहँदा सहभागि हुने विशिष्ठ भनिएका व्यक्ति पनि विवादबाट अछुतो छैनन् ।

काठमाडौंमा शनिवारबाट हुने दुई दिने एसिया प्यासिफिक सम्मेलनलाई ‘वर्तमान महत्वपूर्ण चुनौतीको सम्बोधन : परस्पर निर्भरता, पारस्परिक समृद्धि र सार्वभौमिक मूल्य’ नामाकरण गरिएको छ । आवरणमा नाम जे दिइए पनि सम्मेलन ईसाई धर्मकै प्रचारमा केन्द्रित हुने देखिन्छ ।

सम्मेलनमा सहभागी हुने विशिष्ठ व्यक्ति :

फिलिपिन्सकी उपराष्ट्रपति मारिया लिओनोर रोर्बेडो :

  • – क्याथोलिक धर्मकी अनुयायी रोर्बेडोले धर्मलाई मजाक बनाउन नहुने धारणा राख्दै आएकी छन् ।

आमन्त्रणको उद्देश्य : क्याथोलिक धर्मप्रति उच्च सम्मान जताउनु

म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी :

  • – बौद्धधर्मकी अनुयायी भएपनि पारम्परिक जिसस र म्यारीको विषयमा अध्ययन/अनुसन्धान गरेको
  • – रोहिंग्या समुदायमाथि म्यानमार सरकारले गरेको दमनका कारण आलोचित

आमन्त्रणको उद्देश्य : विषयगत अध्ययन/अनुसन्धानको सम्मान

पाकिस्तानका पूर्व प्रधानमन्त्री युसूफ राजा गिलानी :

  • – राष्ट्रपति असिफ जरदारी र बेनजिर भुटोलाई लगाइएको भ्रष्टाचारको आरोपमा मौन बसेको आरोप
  • – अदालतको अवहेलना र शक्ति दुरुपयोग गरेको आरोप

आमन्त्रणको उद्देश्य : आर्थिक रुपान्तरणमा अहम् भूमिका खेलेको

भारतका पूर्व प्रधानमन्त्री एच डी देवगौडा :

  • – सन् २००८ मा भारतको कर्नाटक, ओडिसा क्षेत्रमा ईसाईविरुद्धको अभियान मत्थर पार्न सफल

आमन्त्रणको उद्देश्य : ईसाई धर्मविरुद्धको अभियान मत्थर गरेकाप्रति सम्मान

अफगानिस्तानका पूर्व उपराष्ट्रपति करिम खालिली :

  • – विवादका खासै विषय सार्वजनिक भएका छैनन्

आमन्त्रणको उद्देश्य : शान्ति प्रक्रियामा खेलेको भूमिकाको सम्मान

कम्बोडियाका प्रधानमन्त्री हुन सेन

  • – निरंकुश र अलोकतान्त्रिक प्रधानमन्त्री
  • – गैरकानूनी हत्या, यातना, स्वेच्छाचारी पक्राउ र संघ–संस्थालाई प्रतिबन्ध लगाएको आरोप

आमन्त्रणको उद्देश्य : इसाई धर्म प्रचार गर्न सहज हुने विश्वास

फिलिपिन्सका पूर्वसभामुख जोसे भेनिसिया र आइक्यापका अध्यक्ष :

  • – पाँच पटक फिलिपिन्सको सभामुख बनेका भेनिसिया आफैमा विवादित व्यक्ति
  • – आइक्यापका अध्यक्ष भेनिसिया भएपनि वेबसाइटमा भने उल्लेख नगरिएको
  • – सम्मेलनको आयोजनाका लागि अतिथि बोलाउने, कार्यक्रमको खाका तयार पार्ने ‘डिजाइनर’

आमन्त्रणको उद्देश्य : ईसाई धर्म प्रचार

कोरियाली हक जा हन मुन :

  • पति सन् म्योङ मुनको मृत्युपछि युनिफिकेशन चर्चको बागडोर कब्जा
  • – पतिले लेखेका किताबलाई आफु अनुकुल सच्याएको आरोप
  • – विभिन्न देशमा सभा, समारोह गर्दै धर्म परिवर्तन गराउन खर्च गर्ने गरेको आरोप
  • आमन्त्रणको उद्देश्य ः आफूलाई येशुको छोरी घोषणा गर्न सहज हुने आशा

यि बाहेक पहिलो पटक नेपाल आइपुगेका नाउरुका राष्ट्रपति बारुन वाका, सामोआ आइल्याण्डका राजा भालेतो सुलौभी द्वितीय तुइमाले आलीफानो, एलिस आइल्याण्डका प्रधानमन्त्री एनेले सोपोआगा र तुभालुका गभर्नर इआकोवा ताईएई इटालेलीको उपस्थितिमाथि पनि प्रश्न तेर्सिएको छ । नाम नसुनिएका र नेपालको द्विपक्षीय सम्बन्ध समेत नभएका मुलुकका प्रमुखको उपस्थिति शंकास्पद छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]