Nepa Top
century-bank

एउटा गर्विलो खेललाई अन्यायमा नपारौंः तेक्वान्दो प्रशिक्षक नारायण गुरुङ (भिडियो)

काठमाडौं, १४ मंसिर । विगत तीन दशकदेखि अमेरिकामै रहेर नेपालको तेक्वान्दो खेलको प्रशिक्षणमा सहयोग गर्दै आएका नारायण गुरुङ केही समयको लागि नेपाल फर्केका छन् । कास्कीको स्थानीय बासिन्दा रहेका प्रशिक्षक गुरुङ घरायसी कामको लागि नेपाल फर्केका हुन् ।

नेपालमै तेक्वान्दो खेलको राम्रो भविष्य रहँदा रहँदै पनि आफूले अमेरिकामा कामको राम्रो अवसर पाएकाले अमेरिका जानुपरेको प्रशिक्षक गुरुङले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्न कार्यक्रममा कुराकानी गर्ने क्रममा बताएका छन् । उनले भने, ‘अमेरिका जानु एउटा अवसर पनि थियो र अर्को बाध्याता पनि । मलाई पहिले एउटा कामको अवसर आएको थियो । त्यसै अवसरलाई पछ्याउँदै अमेरिका पुगेको हुँ ।’

पहिलेको तुलनामा नेपालमा तेक्वान्दो खेलको अवस्था राम्रो भएको प्रशिक्षक गुरुङले बताउँदै भने, ‘पहिलेको तुलनामा तेक्वान्दो खेलको अवस्था राम्रो छ । यो खेलमा धेरै विकास पनि भएको छ । जिल्ला जिल्लामा संगठनहरु खोलिएको छ ।’

नेपालको सन्दर्भमा तेक्वान्दो खेलको अवस्थाको यसरी वर्णन् गर्दै गर्दा केही वर्षयता इतिहास बोकेको मेडल नपाउँदा प्रशिक्षक गुरुङ चिन्तित छन् । यसका साथै नेपालमा तेक्वान्दो सम्बन्धि चुलिएको विवाद सामान्य रहेको प्रशिक्षक गुरुङको ठहर छ । यस्तो विवाद सामान्य रहेको बताउँदै जापान, कोरिया लगाएतका देशमा पनि विवाद हुने प्रशिक्षक गुरुङले बताए । यसैक्रममा एउटा गर्विलो यस खेललाई अन्यायमा पार्नु नहुने पनि बताएका छन् । बाँकी भिडियोमा हेुर्नहोस् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]