Nepa Top
century-bank

विदेशमै जन्मे-हुर्केका युवाको ‘देशप्रेम’, लाखौँ मूल्यका यार्सागुम्बा र च्याउ काठमाडाैंमा फलाउँदै (भिडियाे)

काठमाडाैं। राेजगारीकाे खाेजीमा दिनहुँ दर्जनाैँ युवा विदेशिरहँदा विदेशमा सिकेकाे सिप, ज्ञान नेपालमा प्रयाेग गर्न फर्किनेकाे संख्या पनि कम छैन। सिंगापुरमा जन्मेर अमेरिकामा अध्ययन गरेका युवा बिक्रम पुन यस्तै एक पात्र हुन् ।

देशमा केहि भएन, देशमा राेजगारी छैन् भनी सधैं निराश हुनु जरूरी छैन्, गरे जे पनि सम्भव छ । सिंगापुरमा जन्मेका सिंगापुरे लाहुरेका छाेरा अाफ्नाे अध्ययन सकेर, अनुभवसहित नेपाल फर्केर कृषिमा काम गरिरहेका छन् ।

उनी अमेरिकामा अध्ययन गरी नेपाल फर्केर यार्सागुम्बा र च्याउ खेती गरिरहेका छन् । केमिकल इन्जीनियर पुन काठमाडाैंमै एसी चलाएर हिमालकाे जस्ताे टेम्प्रेचर बनार्इ यार्सागुम्बा फलाइरहेका छन् । कृषिमै लगानी बढाएर देशमा धेरै युवाहरूलार्इ सिप सिकाउन सकिने र राेजगारी सिर्जना गर्न सकिने पुनकाे लक्ष्य छ । बाँकि भिडियाेबाट-

Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]