Nepa Top
century-bank

लेखक जगत नेपाल- ‘इतिहास के कांग्रेसको मात्रै हो ?’ (भिडियो)

काठमाडौं । केही समयअघि सञ्चारकर्मी तथा लेखक जगत नेपालको नयाँ किताब ‘बीपीको बिद्रोह’ सार्वजनिक भएको छ । लेखक नेपालका अनुसार इतिहासको अध्ययन गर्ने, बीपीको बारेमा अध्ययन गर्ने लगाएतका पाठकहरुलाई मध्येनजर गर्दै नेखक नेपालले ‘बीपीको बिद्रोह’लाई बजारमा ल्याएका हुन् ।

‘सबै मान्छेहरु महान हुदैनन् । केही महान ब्यक्तिहरुकोबीचमा बीपी कोइराला पनि एक हुन् । बीपीको अडान, नीति कसैले खराब भनेका छैनन् । त्यसैले बीपीको बारेमा किताब लेखेको हुँ ।’

लेखक नेपालले प्रत्येक साताको बिहीबार नयाँ नयाँ व्यक्तिहरुसँग कुराकानी गर्ने बताएका छन् । ती नयाँ ब्यक्तिहरुसँग गरिएको कुराकानीलाई आर्काइभ गरेर राख्ने गरेको बताएका छन् ।

यसरी नै आर्काइभ बाटै किताब बनाएको हुनाले ‘बीपीको बिद्रोह’लाई बजारमा ल्याउन दुई तीन वर्ष लागेको बताएका छन् । उनले यसरी ‘बीपीको बिद्रोह’को बारेमा बोल्दै प्रश्न गरे, ‘इतिहास के कांग्रेसको मात्रै हो ?’





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]