Nepa Top
century-bank

बाजुरामा नुन सर्वसुलभ बिक्री भइरहेकोछ : साल्ट ट्रेडिङ

धनगढी  । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण नभएको जनाएको छ ।

कर्पोरेशनको धनगढीस्थित सेती अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहीँ कतै नुन बिक्री वितरण नभएको पाइएको बताए।

जिल्ला प्रशासन कार्यालय बाजुराले पनि गरेको स्थलगत अनुगमनका क्रममा जिल्लाको कवाडी, मार्तडी, कोल्टीमा रहेका डिपोबाट ‘भानु’ नुन प्रतिकिलो रु नौ का दरले बिक्री वितरण भइरहेको जानकारी कर्पोरेशनलाई दिएको छ । यस वर्ष बाजुराका थप तीन ठाउँमा स्थापना गरिएका नुनको बिक्री केन्द्रमध्ये छेडेदहको डोगडीमा यसै हप्ताबाट नुन बिक्री शुरु गरिएको र गौमूल गाउँपालिकाको कृतिचौर र पाण्डवगुफामा बिक्रीको व्यवस्था मिलाउन नुन ढुवानीको कार्य भइरहेको जनाइएको छ ।

सरकारी अनुदानको यो आयोडिनयुक्त ‘भानु’ नुन कर्पोरेशनले सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लाको दुर्गम क्षेत्रका बासिन्दालाई बिक्री गर्दै आएको छ । यी चार जिल्लाका लागि गत वर्ष कर्पोरेशनले ३१ हजार क्विन्टल ‘भानु’ नून ढुवानी गरेको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]