Nepa Top
century-bank

भारतले गरेको नाकावन्दीलाई नाकावन्दी भन्न नसक्नु काँग्रेसको गल्तीः सभापति देउवा

  • तारा आचार्य

विराटनगर। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नाकाबन्दीलाई नाकाबन्दी समेत भन्न नसक्नु नेपाली काँग्रेसको गल्ती भएको बताउनु भएको छ ।

उहाँले यही एउटा कारणले पनि काँग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको निष्कर्ष निकाल्नु भएको छ । उहाँले नेपाली कांग्रेसलाई अनुशासित बनाउन अन्तर्घातीलाई कारवाही गर्नुपर्ने पुरानो अडान पनि दोहोर्‍याउनु भएको छ । विराटनगरमा आयोजित महासमिति बैठकका लागि राजनीतिक प्रस्ताव सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले पार्टी भित्र हुर्किरहेको अनुशासनहिनता र अन्तर्घातका कारण गत चुनावमा नेपाली कांग्रेसले पराजय भोग्नु परेको बताउनु भयो ।

उहाँले पार्टीलाई एक ढिक्का बनाएर अनुशासित पार्टी बनाउनु आफ्नो एक मात्र लक्ष्य भएको बताउनु भयो । सभापति देउबाले निर्वाचनमा टिकट वितरण गर्दा भएको गल्तीका कारण पनि पार्टी पराजयको कारण भएको बताउदै अब त्यस्तो गल्ती नदोहोर्‍याउने वाचा समेत गर्नुभयो । सभापति देउबाले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेकोले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न र महंगी नियन्त्रणमा असफल भएकोले खबरदारी गर्न कार्यकर्ताहरुलाई सचेत समेत गराउनु भयो । नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आयोजना गरेको सो कार्यक्रमलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुले पार्टीको सुदृढिकरणका लागि सिद्धान्त र संगठनलाई मजबुत बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राजधानी काठमाण्डौमा हुन लागेको महासमिति बैठकका लागि नेपाली कांग्रेसले विधान संशोधन, राजनीतिक र आर्थिक प्रस्ताव पेश गर्न सुझाव संकलन गर्दै आएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]