Nepa Top
century-bank

‘कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धि बहुमतकाे कम्युनिष्ट सरकारबाट गुम्ने चिन्ता बढ्याे’

  • दीपक उपाध्याय

कैलाली । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन धनगढी आउनु भएका नेता निधिले प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नु भएको हो ।

उहाँले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धि बहुमत पाप्त कम्युनिष्ट सरकारबाट गुम्ने चिन्ता बढ्दै गएको बताउनु भयो । देशमा ३ तहको निर्वाचन सम्पन्न भई सरकार बनेपनि संघीय सरकारले आवश्यक पर्ने कानुन निमार्ण नगर्दा स्थानीय तह र प्रदेश सरकारको औचित्य माथि प्रश्न उठ्ने वेला आएको उहाँको भनाइ थियो ।

वर्तमान सरकारले शान्ति सुरक्षा कायम गर्न असफल भएको नेता निधिको निष्कर्ष छ । प्रदेश प्रहरी ऐन समयमा नबन्दा प्रदेश सरकारले प्रदेशका जनतालाई सुरक्षा दिन नसकेको समेत निधिको भनाइ थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]