Nepa Top
century-bank

अमेरिकाकाे ‘बरफ’ जमेको पानीमा मनाइयो ‘सूर्य’ उपासनाकाे पर्व छठ (फाेटाेफिचर)

बाेस्टन । अमेरिकाको रगतै जमाउने जाड़ोमा सूर्य उपासनकाे पर्व छठ मनाइएकाे छ । अास्थाकाे धराेहरका रूपमा रहेकाे लोक-पर्व छठलाई विदेशमा रहेर पनि नेपालीहरूले सम्झना गर्दै विधिपूर्वक मनाएका हुन् ।

आफ्नो धर्म, कला, संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्वसामु चिनाउन न्युयोर्कस्थित हिन्दू मन्दिर परिसरमा छठ मनाइएकाे हाे । अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी समुदायका युवाहरूद्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दू मन्दिरमा रहेको पोखरीमा छठ पर्व समाराेह आयोजना गरेका थिए ।

११ नोभेम्बरका दिन “नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म विभिन्न पूजाआजा गरेर मनाइयो। १३ नोभेम्बर का दिन “सँझिया घाट” को विधिअनुसार अस्ताँउदै गरेकाे सूर्यलाई र १४ नोभेम्बेरकाे बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरियो ।

भारी हिमपातका बीच पनि न्यूयोर्क महानगर, बोस्टन, कनेटिकटका मधेशी समुदायका साथै विश्वभरिका छठ पर्वमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति रह्यो । करीब ७५ श्रद्धालुजनले सूर्य भगवानको पूजा-अर्चना गरे।

हिटर लगाएर पगालियाे पानी

राेचक कुरा याे छ कि माइनस ७ डिग्री  चर्काे चिसाेमा जमेकाे पाेखरी र पोखरी अासपासकाे बरफलाई हिटर लगाएर पगालियाे र पानी निकालियाे । चिरिच्याट्ट पारी सजाइएकाे साेही पाेखरीकाे पानीबाट सूर्यलार्इ अर्घ्य दिएर छठ मनाइयाे । छठ व्रतालु सिम्रौनगढकी निर्मला सिंहले जमेको पोखरीमा गएर सूर्य देवलाई अर्घ्य दिइन् ।

छठमा अावश्यक सामान “दौरा”, “सूप”, “नांग्लो”, “बहंगी” इत्यादिको व्यवस्था अमेरिकामा रहिआएका गयाना देशका समाजले गरेको थियो ।

बिहार, उतर प्रदेश, पश्चिम बंगाल, दिल्लीका साथै दक्षिण भारतीयहरू र स्थानीय अमेरिकीहरुले समेत सूर्य भगवानलाई नमन गर्दै छठ मनाए ।

विश्वमा नेपाली-मधेशी समुदायकाे माैलिक संस्कृति र कलाकाे पहिचान एवं संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, र छठ पर्वका संजोयक प्रशान्त साहको अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो ।

विभिन्न कार्यक्रममार्फत नेपाली-मधेशी सँस्कृतिलाई विश्वसामु चिनाउन अग्रसरताका साथै नेपाल तथा तरार्इ-मधेशकाे विकासका लागि समेत हरसम्भव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज सधैँ क्रियाशील रहने साे समाजका विजय चन्द्रले बताए ।

थप तस्वीर :

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]