Nepa Top
century-bank

भारतीय मूलकी कमला अमेरिकी राष्ट्रपतिका लागि सम्भावित उम्मेदवार, सर्वेक्षण भन्छ- ट्रम्पलाई १० अंकको हराउछिन्

वासिङटन । सन् २०२० मा अमेरिकामा  राष्ट्रपतिका लागि चुनाव हुँदै छ । चुनाव हुन एक वर्ष भन्दा बढी समय छ, तर चुनावकाे लागि अहिलेदेखि नै चर्चा चल्न थालेकाे छ ।

Image result for kamala harris

सन् २०२० मा हुने चुनावमा ‘फिमेल ओबामा‘को रुपमा ख्याती कमाएकी भारतिय मुलकी प्रथम अमेरिकी सिनेटर कमला ह्यारिस सम्भावित उम्मेदवारमा परेकी छिन् । कमला डेमोक्र्याटिक पार्टीका तर्फबाट संभावित उम्मेदवारमा परेकी हुन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध आवाज उठाउने प्रखर नेताका रूपमा चिनिएकी कमला विगत दुई वर्षमा अमेरिकाको माथिल्लो सदन सिनेटकी स्टार नेताका रुपमा उदय भएकी छिन् । उनको पार्टीले हालैको मध्यावधी चुनावमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

भारतकी श्यामला गोपालन र जमैका मुलका अमेरिकी नागरिक डोनाल्ड ह्यारिसकी छाेरी कमला क्यालिफोर्नियाको ओकल्यान्डमा जन्मेकी हुन् । उनलाई पुर्व राष्ट्रपति बाराक ओबामाको निकट मानिन्छ । ओबामाले उनलाई सन् २०१६ मा अमेरिकी सिनेट लगायत विभिन्न चुनावमा उतारेका थिए ।

Image result for kamala harris

५४ बर्षिय कमलाले एक महिना अगाडी आयोवाको आफनो पहिलो यात्रा गरेकी थिइन् । उनको यो भ्रमणलाई लिएर सन्चार विज्ञहरुले उनी अमेरिकी राष्ट्रपतिकाे तयारीमा लागेको बताएका छन् । एक्सियोसद्वारा गरिएको एक अनलाईन सर्वेक्षण अनुसार यदि अहिले चुनाव भएमा उनले ट्रम्पलाई १० अंकको अन्तरले हराउन सक्ने छिन् । उनलाई अफ्रिकी मुलका अमेरिकी नागरिक र श्वेत बाहुल्य उपनगरका महिलाहरुको राम्रो मत हासिल हुन सक्ने समाचार संस्थाहरूले जनाएकाे छ।

सन् २०२० को राष्टपति चुनावको घोषणा उक्त वर्षको फेब्रुअरीमा आयोवामा हुनेछ । उक्त राज्यमा पहिलो प्राइमरी चुनाव हुने कार्यक्रम रहेको छ । कमलाको पटक पटक आयोवाको भ्रमण गर्नु र उनको सभामा ओबामाको जस्तो संकेत देखिएको सञ्चारमाध्यमहरूले जनाएकाे छ । सञ्चारमाध्यमहरूमा अाएका ती समाचारहरुको पुष्टी र खन्डन दुर्ब गरेकी छैनन् कमलाले। तर उनले आयोवामा आफनो भ्रमण मध्यावधी चुनावका लागि पार्टीको चुनाव प्रचार गर्नु रहेको एक अन्तर्वार्तामा बताएकी  छिन् ।

Image result for kamala harris

यदी कमलाले राष्ट्रपति चुनाव जितेकाे खण्डमा उनी अमेरिकाकाे प्रथम महिला राष्ट्रपति मात्रै नभर्इ प्रथम गैरअमेरिकी मूलकी प्रथम महिला राष्ट्रपति समेत बन्ने छिन् ।  यस अघि गैरअमेरिकी मूलका प्रथम राष्ट्रपतिका रूपमा बाराक अाेबामाले दुर्इ कार्यकाल सत्ताकाे नेतृत्व गरिसेका छन् । कमलाकी आमा श्यामल गोपालन सन् १९६० मा चेन्नइबाट अमेरिकामा प्रवेश गरेकी थिइन् । एजेन्सी

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]