Nepa Top
century-bank

कांग्रेसको भ्रातृ संगठन नेवि संघमा वैधानिक संकट, निराकरणका लागि केन्द्रीय कार्यसमिति बस्दै

काठमाडाैँ । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा वैधानिक संकट देखिएको छ ।

१२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमा आज सकिएसँगै नेविसंघको केन्द्रीय कार्यसमिति स्वतः भंग हुँदैछ ।

अहिलेसम्म बिधानमा पनि टुंगो लागेको छैन । जसमा उमेर हदमा मुख्य विवाद देखिएको छ । वैधानिक संकट निराकरणका लागि आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले नेविसंघको विधानलगायत हालको केन्द्रीय कार्यसमितिको समयावधि ६ महिनाका लागि थप गर्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले बिधान पारित गर्ने र नयाँ बिधान अनुसार निर्वाचन गर्न वर्तमान केन्द्रीय कार्यसमितिलाई ६ महिनाको म्याण्डेट दिइनेछ । फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि नेविसंघको निर्वाचन हुने अध्यक्ष महरले जानकारी दिनुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]