Nepa Top
century-bank

नक्कली पश्मिनामा सक्कली लेबल लगाएर विक्री !

काठमाडौं । नक्कली पश्मिनामा सक्कली लेबल लगाएर विक्री गरेको पाइएको भन्दै नेपाल पश्मिना उद्योग संघले व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।

गलत विवरण भएको लेबल लगाई विक्री गर्दा मश्मिना व्यवसाय नै धरासायी हुनसक्ने चिन्ता संघको छ । नेपाल पश्मिना संघ र नेपाल चेम्बर अफ कमर्शले शुक्रबार पत्रकार सम्मेलन गर्दै मुलुकको मुख्य निर्यातजन्य वस्तुमा गलत विवरण भएको लेबल लगाई विक्री वितरण भएको बताएको हो । संघले पोलिष्टर तथा भिस्कोर्ष लगायतका उत्पादनहरुमा सक्कली लेबल लगाई विक्री भइरहेको पाइएको जनाएको हो । अन्तराष्ट्रिय बजारबाट समेत गुनासो आएकाले पछिल्लो समय व्यापारमा गिरावट आएको संघले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण भिगाले २०७५ पुस १७ गते सम्म उपयुक्त लेबल लगाउन समय दिएको स्मरण गराउँदै संघले व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेको छ । तोकिएको मिती सम्म पनि नक्कली लेबलको प्रयोग गरेको पाइएमा विभागले गर्ने कारबाहीमा सहजीकरण गर्ने संघको भनाइ छ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]