Nepa Top
century-bank

पोर्तुगल बिशेष : मानव तस्करीका २३ अभियोगमा २ नेपाली सहित ३ जनालाई लाई १४ र १३ बर्ष कैद सजाय

पोर्तुगलको इभोरा पुनरावेदन अदालतले मानव तस्करीको २३ ओटा अभियोगमा २ नेपाली नागरीक सहित् ३ जनालाई १४ र १३ बर्षको जेल सजायको अन्तिम फैसला सुनाएको छ। जसमा ४२ बर्षीय पोर्तुगिज कृषी व्यवसायी सहित ३३ बर्षीय नेपाली कृषी व्यवसायी र उनका ३० बर्षीय नेपाली कर्मचारी रहेका छन्।

सन् २०१६ मा पक्राउ परेका उनीहरु लाई पोर्तुगलको सन्तराई अदालतले गत बर्ष सेप्टेम्बरमा १४ र १३ बर्षको जेल सजायको फैसला सुनाएको थियो। सो फैसला उपर उनीहरुले इभोरा अदालतमा पुनरावेदन गरेका थिए। पुनरावेदन अदालतले जुलाई ५ तारिक अन्तिम सुनुवाईको मिति तोकेको थियो र निश्चित मितिमा सुनुवाई हुन नसक्दा मानव अधिकारको आधारमा तिनै जना दोषीलाई अदालतको अर्को फैसला नहुन्जेलसम्मका लागि रिहा गरिएको थियो।

पोतुगलको अध्यागमन प्रहरी सेफले सन् २०१६ मा अल्मारिम नगरपालिकाको पासो दो नेग्रोसमा एक स्ट्रबेरी फार्ममा गरेको ” पोखरा ” नामक अप्रेशनमा २३ जना नेपाली कृषी कामदारहरुको उद्धार गरेको थियो जहाँ ति कृषी मजदुरहरुलाई निकै अमानवीय अवस्थामा राखिएको सेफले जनाएको छ।

पोर्तुगिज भाषामा गरिएको काम करारमा कामदारहरुलाई मासिक ५०० युरो तलब पाईने र जसमा आवास , खाना खर्च काटिनुका साथै र सोसियल सेक्युरिटी वाफत प्रतिव्यक्ति मासिक २०० युरो काटिने गरिएको उल्लेख गरिएको थियो । सेफको अनुगमनमा कृषि मजदुरहरु ३ कोठे कन्टेनरमा बसोवास गरेको जहाँ भान्सा कोठा , बिजुली, झ्याल र ट्वाइलेट समेत नभएको सेफले जनाएको छ। कामदारहरु भागेर नजाउन भनेर व्यवसायीहरुले कामदारहरुको महत्वपूर्ण कागजातहरु समेत थुतेर राखेको सेफको आरोप छ।

२०१६ मा पक्राउ परेका उनीहरु उपर सन्तराइ अदालतले २०१७ को सेप्टेम्बरमा मानव तस्करीको अभियोगमा १४ र १३ बर्षको जेल सजाय सुनाउदै मानवअधिकार उल्लघंनमा कृषि मजदुरहरुले त्यहाँ बिताएको समयको आधारमा प्रतिव्यक्ति २५०० युरोदेखि ८००० युरोसम्म क्षतिपुर्ति समेत माग फैसला सुनाएको थियो।

“हेरेड डोस मोरङ्गोस एलडीए” का पोर्तुगिज नागरीक पेद्रो विटाल र “एस्टिमामोन्डो एलडीए” का नेपाली नागरीक नबिन गिरीद्वारा गरिएको प्रतिवादी अपील उपर इभोरा पुनरावेदन अदालतले अन्तिम दण्ड सुनाएको हो । नविन गिरी हाल फरार छन् र उनीविरुद्ध चाडै नै रेडकर्नर नोटिस जारी गरिने जानकारी पोर्तुगलको अध्यागमन प्रहरी सेफबाट प्राप्त भएको छ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]