Nepa Top
century-bank

चाडपर्व सकिएसँगै मजदूरी गर्न भारत जानेको लर्को

बाजुरा । जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । खेतीपाती भित्र्याउने काम र चाडपर्व सकिएसँगै कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ ।

खेतबारीको उब्जनीले केही महिना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दशैँ तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् ।

सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताए ।

दशैँतिहारमा गाउँघर पसेका लाेग्नेामानिस फेरि बाहिरिन थालेपछि गाउँ फेरि सुनसान बन्न थालेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]