Nepa Top
century-bank

अाँखाले नदेखिने सफ्टवेयर जडान गरेर पेट्रोल पम्पमा ‘अत्याधुनिक’ ठगी

काठमाडौं । पेट्रोल पम्पहरुले अत्याधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको खुलेकाे हाे।

आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।

‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिमाण र मूल्य देखाउने, तर इन्धनचाहिँ कम झर्ने सफ्टवेयर जडान गरेको भेटियो,’ उनले भने, ‘हामीले दसैंअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ।’ याे समाचार अाजकाे नयाँ पत्रिकामा छ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]