Nepa Top
century-bank

दीर्घायुको कामना गर्दै लगाइने भाइटीकाको छुट्टै महत्व (भिडियो)

काठमाडौं । संस्कृति र चाड पर्व नेपाल र नेपालीको गहना नै हो । अझ दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध थप प्रगाढ बनाउने पर्व तिहारको नेपाली समाजमा छुट्टै महत्व छ । दिदीबहिनीले निधारमा लगाईने सप्तरंगी टीका, फोडिने ओखर, लागाईदिने तेल र मखमली मालाको पनि भाइटीकासँगै महत्व गाँसिएको छ ।

दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विधिपूर्वक पूजा गर्ने दिन भाइटीका । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चकको महत्वपूर्ण दिनको रुपमा पनि चिनिन्छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]