Nepa Top
century-bank

सभामुख महराले २३ वर्षपछि आफ्नै घरमा टीका लगाए

रोल्पा, २३ कात्तिक । सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाएका छन् । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाएका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाउनु भएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाएका हुन् । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन ।

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएका थिए ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]