Nepa Top
century-bank

युरोपा लिग : चेल्सीको कठिन जित, जितसँगै नकआउट चरणमा प्रवेश

एजेन्सी । युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बाटे बोरिसोभमाथि १-० को कठिन जित निकालेको छ । जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे । जिरुडको यो चेल्सीका लागि ५ महिनापछि पहिलो गोल थियो । उनले प्रशिक्षक माउरिजियो सार्रीको आगमनपछि गोल गर्न सकेका थिएनन् । चेल्सीले सन् २०१२ देखि पहिलोपटक लगातार ४ युरोपेली खेल जितेको हो । त्यसबेला चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यता माउरिजियो सार्रीले युरोप लिगमा खेलाएका सबै १० खेलमा जित दर्ता गरेका छन् । जितपछि चेल्सी अंक तालिकामा मोल भिडीभन्दा ६ अंकले अगाडी छ । भिडीले बिहीबार नै भएको खेलमा पाओकलाई १-० ले पराजित गरेको हो । चेल्सी ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने भिडीको ६ अंक रहेको छ । पाओक र बाटेको समान ३/३ अंक छ । गएराति भएको खेलपछि ७ वटा क्लब अर्को चरणमा प्रवेश गरेका छन् ।

यसरी अर्को चरण अर्थात अन्तिम ३२ मा छानिने टोलीमा इङ्ल्यान्डका चेल्सी र आर्सनल, जर्मनीका फ्र्याङ्कफर्ट र बायर लिरभकुजेन, ईटालीको लाजियो, क्रोएसियाको डाईनामो जाग्रेब र स्विट्जरल्याण्डको एफसी ज्युरिच छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]