Nepa Top
century-bank

ढाका कपडाको कारोवार बृद्धि

तेह्रथुम  । तेह्रथुम जिल्लामा तिहारको समयमा ढाका कपडाको कारोवार बृद्धि भएको छ ।  चिनो आदान प्रदान गर्ने चाडको रुपमा मानिएको तिहारमा अरु समय भन्दा धेरै ढाकाको कारोबार बढेको हो ।

ढाकाको राजधानी भनेर चिनिएको तेह्रथुमको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रवारे, संक्रान्ति लगायतका बजारमा ढाका कपडा किन्न आउने ग्राहकको भीड लाग्ने गरेको छ । ग्राहकको संख्या अत्याधिक वढेपनिे माग भने पु¥याउन व्यापारीलाई मुस्किल परेको छ ।

पछिल्लो समय जिल्लाको दुर्गम गाउ“ देखी सदरमुकामसम्म फस्टाएको ढाका कपडा उद्योगले ३० हजार वढीलाई रोजगारी समेत दिँदै आएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]