Nepa Top
century-bank

मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका ६ जुवाडे समातिए

स्याङ्जा, २३ कात्तिक । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]