Nepa Top
century-bank

शिक्षकलाई तलब खुवाउन देउसीभैलो

गलेश्वर । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले रु चार लाख ५३ हजार जुटाएको छ ।

मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर सो रकम जुटाइएको र सो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक केसीले बताए ।

पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको थियो ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]