Nepa Top
century-bank

कछुवाको गतिमा ‘चैनपुर ताक्लाकोट सडक’ निर्माण !

बझाङ, २३ कात्तिक । सुदुरपश्चिम प्रदेशको त्रिदेशिय नाका जोड्ने सेती लोकमार्गको उत्तरी खण्ड ‘चैनपुर ताक्लाकोट सडक योजना’को काम छिटो छरितो भएको छैन । दक्षिणको भारत र उत्तरको चीन तिब्बतसँग जोड्ने यस राजमार्गलाई बझाङ जिल्ला साथै सुदुरपश्चिम प्रेदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भएतापनि यस लोक मार्गको उत्तरी खण्ड पर्ने चैनपुर ताक्लाकोट सडक निर्माण गर्ने कामले तिब्रता पाउन सकेको छैन ।

सेती लोकमार्गको कैलालीको टिकापुर, अछामको लोडेघाट साँफेबगर, बाजुराको काँडा हँुदै बझाडको छान्नादेखि चैनपुर भएर तिब्बतको ताक्लाकोट जाडिने भएको छ । आर्थिक वर्ष २०७२।०७३ सालदेखि सडक काट्ने काम सुरु भएको यस चैनपुर ताक्लाकोट उत्तरी खण्डमा अहिले भोपुर रुपातोला र रुपातोलादेखि साइपाल गाँउपालिकाको धुलीसँग दुई खण्ड गरेर करिब ५० किलोमीटर सडक खण्डको ठेक्का भएर निर्माण हुदैछ ।

यो योजना सुरुको वर्षमा २० करोडको ठेक्का भएर २०७६ साल असोजमा काम सकिने गरि भोपुरदेखि रुपातोलासम्मको १८ किलामीटर सडक खण्ड ठेक्का भएको हो । यसमा सडक फराकिलो गर्ने, वाल लगाउने, ह्युमपाइप कजवय बनाउने, कामको ठेक्का रोजेन्द्र लुम्बीनी जेवि निर्माण कम्पनीले लिएको छ ।

रुपातोला भन्दा माथी धुलीसम्मको ट्याक खोल्नका लागि २०७४ असारमा ठेक्का भएर २०७८ भदौमा काम सक्ने गरि स्वच्छन्द नागर्जुन बानिया जेवी निर्माण कम्पनीले ७५ करोड ८३ लाखमा ठेक्का लिएर र काम गरिरहेको छ ।

रुपातोलादेखि तल चैनपुर भोपुरसम्म सडक फराकिलो गर्ने वाल लगाउने काम केहि भएपनि रुपातोला माथी नयाँ सडक काट्ने काम खासै छिटो छरितो नभएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताएका छन् ।

नयाँ नामाकरण गरि नयाँ निर्माण हुन लागेको सेती लोकमार्गको दक्षिणी खण्ड भनेर बझाडको केहि भाग बाजुरा अछाम हुदै कैलाली टिकापुर सम्म १ सय ४२ किलोमीटर रहेको छ, भने यस खण्ड निर्माणका लागि फिल्ला कार्यालय अछाम साफेवगर राखेको चैनपुर ताकलाकोट सडक योजनाका निमित्त योजना प्रमुख दुर्गा प्रशादले बताए ।

उनले भने, ‘बाँकी रहेको उत्तरी खण्ड चैनपुरदेखि नेपालको उरै सीमासम्म १ सय १७ किलोमीटर निर्माणका लागि चैनपुरमा योजना अफिस बनाएर यताबाट काम भइरहेको छ । सेती नदिको किनारै किनाबाट जाने सेती लोकमार्गको चैनपुरबाट ५० किलामीटर माथी धुलीसम्म मात्र मानव बस्ती रहेको छ । अहिले धुलीसम्म मात्र ठेक्का भएको हो । त्यहाँ माथी नेपालको उरै सीमानासम्म सेती लोकमार्गले सडक काट्ने र पारी तिब्बत तिर चिनका गाडीहरु सिमाना नजिकसंम्म पुगेका छन् ।’

उनले थपे, ‘रुपातोलादेखि माथिल्लो प्याकेजको काम अलि गाह्रो छ, भीर छ ।’ अहिले चिसो पनि बढी भएकाले काम भनेजति उपलब्धी नभएको चैनपुर ताक्लाकोट सडकका इन्जिनियर विष्णु प्रशादको भनाई छ ।

यो सडक धुलीसम्म मात्रै खोल्न सके बझाङ र तिब्बत ताक्लाकोटको व्यापार बढ्ने देखिएको छ । सडका इन्जिनियरहरुका अनुसार सडक निर्माणको माथिल्लो प्याकेज रुपातोला धुलीसम्मको १० प्रतिशत मात्र काम भएको छ, भने तल्लो प्याकेज भोपुर रुपातोला सम्मको ५५ प्रतिशत काम भएको जानकारी गराएका छन् । रिदम सिंह





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]