Nepa Top
century-bank

निर्वाचन लड्ने निर्णयबाट ‘ब्याक’ हटेकाे छैन, निर्वाचन लडेरै छाड्छु : वामदेव गौतम

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता वामदेव गौतमले आफू निर्वाचन लड्ने निर्णयबाट ‘ब्याक’ नहटेको बताएका छन् । बिहीबार नेता गौतमको निवासमा गरेको देउसी–भैलो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचन लड्ने निर्णयबाट ‘ब्याक’ नहटेको बताएका हुन् ।

अब कुनै पनि नेतालाई सांसद बनाइदेऊ भन्दै माग नगर्ने बताउदै उनले भने ‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होइन । संसद्मा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो । तर, अब म कुनै नेतालाई मलाई सांसद बनाइदेऊ भन्न जान्न, घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’

सरकारले घोषणापत्रअनुसार काम नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचनको साझा घोषणापत्र दोहोर्याएर पढ्न समेत सुझाव दिए । प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । ‘ केही साथीहरूको साथ र सहयोग लिएर कार्यान्वयन गराउनतर्फ लागिपर्ने समेत गौतमले जनाए ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]