Nepa Top
century-bank

नेपाली चाडपर्व चिनाउनु लागि जापानमा देउसीभैलो कार्यक्रम (फाेटाेफिचर)

फुकुओका। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा देशैभर देउसी भैलो खेल्ने प्रचलन छ । विदेशमा पनि नेपालीहरूको सङ्ख्या बढ्दै गइरहेकाले देउसी भैलो खेल्ने प्रचलन बढ्दै गइरहेको छ ।

केही वर्ष यता नेपालमा मात्र होइन, विदेशमा रहेका नेपालीले पनि आफ्नो संस्कृति जोगाउनका लागि देउसी भैलो खेल्ने गरेका छन् । जताततै तिहारमा रौनक छाइरहेको बेला जापानमा रहेका नेपालीहरूले पनि आफ्नो संस्कृतिलाई पछ्याएका छन् । रोजगारी र पढाइका सिलसिलामा जापानमा रहेका नेपालीलेहरुले देउसी भैलो कार्यक्रम गरेका हुन् ।

विदेशमा रहे पनि नेपाली संस्कृति, परम्परा तथा संस्कारलाई निरन्तरता दिएनका लागि दीपावलीको अवसरमा जापानमा रहेका किरातीहरुले  फुकुओका ससुराली होटेलमा देउसी भैलो कार्यक्रम गरी मनाएका हुन् । नेपालीहरुको चार्डपर्वलाई संरक्षण सम्बर्धन गर्दै जापानीजहरुलाई पनि नेपाली चाडपर्व चिनाउनु लागि मनाएको  भविन्द्र कुलुङले बताए । सबैले नेपाली पहिचाहन झल्काउने पहिरहन लगाएर देउसी भैलो खेलेका थिए ।

तस्बिर: भबिन्द्र कुलुङ







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]