Nepa Top
century-bank

आजको राशिफल : कार्तिक २३ गते, शुक्रबार

वि.सं.२०७५ साल कार्तिक २३ गते । शुक्रबार । इस्वी सन् २०१८ नोभेम्बर ०९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि द्धितिया,३७ घडी २८ पला,बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त तृतीया । नक्षत्र अनुराधा,३८ घडी ०० पला,बेलुकी ०९ बजेर ३३ मिनेट उप्रान्त ज्येष्ठ । योग शोभन,२६ घडी ५१ पला,बेलुकी ०५ बजेर ०५ मिनेट उप्रान्त अतिगण्ड । करण वालव,बिहान ०९ बजेर ०९ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा राक्षस योग । चन्द्रराशि वृश्चिक । यम द्वितीया,भाइटीका,किजा पूजा,तिहार,यम-पञ्चक समाप्ति। विश्व स्वतन्त्रता दिवस ।काठमाडौंमा सूर्योदय ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २७ घडी १० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : दिदी बहिनीहरूको सहयोग तथा आत्मीयतामा वृद्धि भएर जानेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरे पनि अन्ततः विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । पुराना लगानी गरिएका रकमहरू एठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायि रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : आफ्नै बलबुताले व्यापार व्यवसायमा लागनि गरिन मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाइकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाइमा राम्रो नतिजाकाम साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जाने ग्रहयोग रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । साभपख समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) : धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । पढाई लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफmैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाढ हुनेछ । बिदेया यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : परिवार तथा दिदी बहिनीका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : प्रशासनिक क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]