Nepa Top
century-bank

तिहार साहित्यः सुन्दर काव्य सिर्जनाका थुंगा र केही चोटिला प्रहार (भिडियोसहित)

तिहारः एक सांगीतिक पर्व

झिलीलमिली र दिपावलीको पर्व तिहारः धार्मिक, साँस्कृतिकसँगै सांगितिक पर्व पनि हो । जब तिहारले छोप्छ, देउसी भैलोका धुन तथा गीत गुञ्जिन थाल्छन् ।

देउसी भैलोका गीतमात्र होइनन्, विभिन्न भूगोलमा तिहार विशेष गीत पनि गाइन्छ ।  गाउँका मानिसहरु जम्मा भएर देउसी भैलो खेल्दा आपसमा भातृत्वको विकास हुन्छ । तिहारमा जनवारहरुसँगै धनधान्यकीदेवी लक्ष्मी र भाइको पूजा हुन्छ । हिन्दुधर्मावल्म्वी नेपालीले तिहार तेस्रो दिन लक्ष्मी पूर्जा गर्ने प्रचलन छ । र, यसैसँग भैलो खेल्ने गरिन्छ ।

तिहारको चौथो दिन गोवद्र्धन पूजा तर्थात् गोरु पूजा गर्ने चलन छ । र, यो साँझ देउसी खेल्ने गरिन्छ । देउसी भैलो खेल्दा सबैले लोकगीत गाउँदै मुरली, मादल, खैजडी, झ्याली, टयाम्कोलगायतका मौलिक वाजाहरु वजाउने गर्छन् । तर पछिल्लो समय यी सबै बाजाको प्रयोग न्यून भएको देखिन्छ । देउसी भैलोले मनोरञ्जन मात्रै दिदैन, आपसी सद्भाव बढाउन सहयोग पुर्याउँछ ।

र, नेतृत्व मान्ने सँस्कारलाई प्रवद्र्धन गर्छ । पछिल्लो समय सामाजिक कामका लागि रकम संकलन गर्न पनि देउसी तथा भैलो खेल्ने चलन बढेको छ ।

देउसी भैलोको आफ्नो धार्मिक, साँस्कृतिक महत्व छ । यससँगै यसको सामाजिक पक्ष पनि निकै शक्तिशालीलाई जसलाई संगीत पक्षले झन् मलजल गरेको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]