Nepa Top
century-bank

भाइमसला स्वास्थ्यका दृष्टिले उपयोगी, अरु बेला पनि खान चिकित्सकको सुझाव

काठमाडौं, २२ कात्तिक । भाइटीका लगाएपछि दिदी–बहिनीले दाजु–भाइलाई काजु, किसमिस, बदाम, ओखरजस्ता ‘ड्राइफुड’ दिने चलन छ । ‘ड्राइफ्रुड’मा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका लागि निकै उपयोगी पनि मानिन्छ । जसले शारीरिक विकासका साथै रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।

चिकित्सकका अनुसार तिहारमा दिदी–बहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने भाइ मसला स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ । लोमा लिन्डा युनिभर्सिटीले गरेको अध्ययनअनुसार सातामा ५ पटक यस्ता ‘ड्राइफुड’ खाने मानिसमा मुटुको समस्या ५० प्रतिशतले कमी आउँछ । डायबिटीज र क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । तर, चाडपर्व बाहेक नेपाली प्रायः यस्ता ‘ड्राइफुड’मा रुची राख्दैनन् ।

काजुमा ७५ प्रतिशत अनस्याचुरेटेड फ्याटी एसिड हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । आइरनको राम्रो स्रोत किसमिस रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । कुनै पनि रोगको उपचारपछि स्वास्थ्य लाभको समयमा किसमिस खानु अत्यन्तै लाभदायक हुन्छ । यस्तै, पेस्ताले कोरोनरी आर्टरी रोग र हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त सञ्चालनका लागिसमेत पेस्ता उपयोगी मानिन्छ । बदामले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पु¥याउँछ भने ओमेगा थ्री एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो । ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरीसहित क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

तिहारका बेला बढी खपत हुने यस्ता ‘ड्राइफुड’ वर्षभरी नै खानुपर्नेमा चिकित्सकको जोड छ । चावपर्वका बेला स्वास्थ्यमा समस्या नै निम्त्याउने गरी अधिक खाने तर अरु बेला खाँदै नखाने प्रबृत्ति सच्याउन आवश्यक छ ।

 







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]