Nepa Top
century-bank

अमेरिकाकाे एक रात्रिक्लवमा गोली चल्याे, १२ जनाको मृत्यु

आउजेण्ड ओक्स । संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो ।

राती भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ । पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् ।

तर समाचार तयार पार्दासम्म आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ ।

भेन्चुरा काउन्टीका एक प्रहरी सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन् । आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन ।

प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताउनुभयो ।
घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताउनुभयो ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]