Nepa Top
century-bank

जनताको घरमा अँध्यारो नहोस् भनेर घरको पूजा छाडी प्राधिकरणकाे मास्टर स्टेशनमा बस्ने कुलमानलाई ‘सलाम’

  • नविन कुलुङ

काठमाडाैं । तीन वर्षअघिसम्म नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग थियो । देशभर लोडसेडिङको चरम समस्या थियो । बिजुली नगएको त दिनै थिएन । लाइन आएको बेला इलेक्ट्रोनिक लाइट चार्ज गरेर राख्नु पर्ने बाध्यता थियो । खान पकाउने र पढ्ने समयमा कति बेला बत्ती आउँछ भन्दै लोडसेडिङको तालिका हेर्नु पथ्र्यो । लोडसेडिङको तालिका अनुसार पनि बत्ती आउँदैन थियो । बत्ती आउने बित्तिकै टोलका केटाकेटीहरू बत्ती आयो भन्दै कराउँथे । बत्ती आउँदा पनि एउटा युद्ध जिते जस्तै खुसी हुनु पर्ने थियो ।

लाइट, मोबाइल र ल्यापटप चार्ज गर्नु पनि लोडसेडिङको तालिका कण्ठ गरेर गर्नु पर्ने बाध्यता थियो । दिनमा १८ घण्टासम्म लोडसेडिङमा बस्न बाध्य थिए काठमाडौँवासीहरू । लोडसेटिङको लातिका प्रकाशन/प्रसारणमा गर्नु तछाड-मछाड नै हुन्थ्यो सञ्चारमाध्यमहरू समेत । ‘लोडसेडिङेकाे नयाँ तालिका सार्वजनिक’ भनेर समाचार  प्रकाशन/प्रसारण गर्दा हेर्नेहरूकाे संख्या धेरै हुन्थ्याे । सबैकाे चासाेकाे विषय थियाे कति बेला बिजुली अाउँछ र मोबाइल चार्ज गराैँ, खाना पकाउ, टिभि हेराैँ भनेर कुरी बसेका हुन्थे । लोडसेडिङको चरम समस्या हुँदा पनि कर्मचारीहरू भने कमिशन लिएर उद्योगहरूलार्इ बेच्थे । हुने खाने कहाँ डबल लाइनबाट पनि बिजुली उपलब्ध गराइन्थ्यो ।

कुनै नेताले लोडसेडिङको अन्त्य गर्छु भन्दा हामीलाई नि हावादारी कुरा लाग्थ्याे । लोडसेडिङको अन्त्य कल्पनासमेत गरिएको थिएन । तर लोडसेडिङ हटेको दुर्इ वर्ष पुरा भएको छ । जब कुलमान घिसिङले लोडसेडिङको अन्त्य गरे तब सबै चकित नै परे, यस्तो असम्भव लोडसेडिङ पनि कसरी हटाए होला  भनेर । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हाले लगत्तै उनको कुशल व्यवस्थापन र नेतृत्वमा लोडसेडिङ अन्त्य भयो । लोडसेडिङको अन्त्य भएपछि प्राविधिक कारणले बिजुली गए पनि मान्छेहरू भन्थे ‘ कुलमान गयो ।’ बिजुली आयो भने भन्थे–‘लौ कुलमान आयो ।’

कुलमान आफैँ भार प्रेषण केन्द्रमा, देशभर दीपावलीको झिलिमिली

राजधानी उपत्यकामै दीपावलीका दिन आधा सहर केही उज्यालो हुन्थ्यो त अर्को आधा सहर अन्धकारमय । प्राधिकरणले भार थेग्न नसक्ने भन्दै केही वर्षअघिसम्म झिलिमिली बत्ती नबाल्दा उर्दी नै जारी गर्थ्यो । पत्र पत्रिकामा समेत आउने गरेको थियो ‘दीपावलीको बेला माग अनुसार विद्युत् आपूर्ति गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ती नबालिदिनु होला।’ अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत् प्राधिकरण। उनी कार्यकारी निर्देशक भएपछि लोडसेडिङको भोग्न परेको छैन । कतै ट«न्सपफर्मर जलेर, बिजुलीको पोल ढलेर बिजुली नआउन फरक कुरा हो ।

लक्ष्मी पूजाको दिन हो सबैभन्दा बढी विद्युत्को माग हुने । तर यो वर्षाको लक्ष्मी पूजामा जति नै  झिलिमिली बत्ती बाल्दा पनि बिजुली गएन । किन कि अहिले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमा छन् । जति नै माग भए पनि यो वर्ष कतै पनि अन्धकार नहोस् भनेर नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौँको स्युचाटारस्थिति मास्टर स्टेशनमा रातभर नै बसेका थिए । लक्ष्मी पूजाको समय देशभरि नै विद्युत्को अत्यधिक खपत हुने भएकाले यो समय बत्ती डाउन हुन सक्छ । त्यसको व्यवस्थापनका लागि उनी आफै बसेका हुन् सक्छ भनेर कुलमान इन्जिनयरहरुलाई स्टेण्डबाई राखेर बसेका थिए। घरमा आफ्नो लक्ष्मी पूजा छोडेर जनताको घरमा झिलिमिली बनाउन उनी रतभर लागि परे ।

दुई वर्षका बीचमा देशभरबाट लोडसेडिङ हटेको छ । घिसिङले दुई वर्ष अघि लक्ष्मी पूजाकै दिन मास्टर स्टेशनमा बसेर काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने निर्णय गरेका थिए । स्टेसनका इन्जिनियरहरू नै उनको लोडसेडिङ हटाउने संकल्पको साक्षी थिए । आज उनी यिनै इन्जिनियरसँग मिसिएर काम गरे। सिस्टम सञ्चालन, माग र आपूर्तिको अवस्थालाई उनी आफैँ कन्ट्रोल गरे ।

कुलमान आफू स्युचाटारस्थित भार प्रेषण केन्द्रमा देशभरको बिजुली आपूर्तिको अवस्था अनुगमन गर्न खटिएका बेला यता प्राधिकरणको केन्द्रीय कार्यालयमा भने बिजुलीबाटै नेपालको राष्ट्रिय झण्डा फहराइरहेको थियो ।  कलात्मक ढंगले प्राधिकरणको केन्द्रीय कार्यालयमा सजाइएको राष्ट्रिय झण्डा चम्किरहँदा त्यहाँ अगाडि पुग्ने जो कसैको छाती गर्वले फुल्थ्यो । यस्तो कुनमानलार्इ सलाम नगरे अरू कसलार्इ गर्ने ?

नागरिकले विश्वास गरेका सीमित निकायमध्ये प्राधिकरण पनि एक बनेको छ । दुर्इ वर्षमा लोडसेडिङ हटाएको कुलमानको योजना अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने  रहेको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]