Nepa Top
century-bank

डान्सबारहरूको यस्तो हर्कत ! एउटा जुस खाएको ८ हजार रुपैया ?

काठमाडौं, २० कात्तिक । गत साता नयाँ बसपार्कको नमस्ते डान्सबारले एउटा जुस खाएको विल कसरी ८ हजार लिन्छ ? भन्ने देखाएका थियाँै । यति मात्रै होइन रेष्टुरेण्ट सञ्चालकले अवैध रेष्टुरेन्टबाटै देह व्यापार पनि गराउने गरेको देखायांै । जहाँ सञ्चालकले प्रहरीलाई समेत सेटिङ मिलाउनु पर्छ भनेका थिए ।

अहिले नमस्ते डान्सबार शिल छ, भने यसका सञ्चालक प्रहरी हिरासतमा छन् । तर यो घटना सेलाउन नपाउँदै बालाजुमा रहेको मिड नाइट लज एण्ड डान्सबारले समेत यस्तै हर्कत गरेको छ । हामीलाई सर्वसाधरणको गुनासो आएपछि हाम्रो टिमले मिड नाइट लन्ज ऐण्ड डान्सबारमा स्टीङ गरेको थियो ।

यो रेष्टुरेण्टमा पनि यसरी नै ग्राहक फकाइन्छ र बारमा पु¥याइन्छ । भित्र जाने वित्तिकै केहि युवती आएर सँगै बस्छन् र उनिहरुले नै आँफै अडर गर्न थाल्छन् । हाम्रा टिभि जर्नलिष्ट शालिकराम पुडासैनीले एउटा जुस माग्दा उनिहरुले रेड लेबल लगाएतका मदिरा अर्डर गर्छन् ।

र अन्तमा एउटा जुस खाएका हाम्रा टिभि जर्नलिष्टलाई ८ हजारको विल थमाइन्छ । यस अघिकै घटना दोहोरिए पछि प्रहरीसँग समन्वय गरी हामी रेष्टुरेण्ट तर्फ लाग्छौँ ।

रेष्टुरेण्टका कर्मचारीका रुपमा सँगै बसेकी युवतीले अर्डर गरेको सबै रक्सी र खानाको विल हाम्रा टिभि जर्नालिष्टको नाममा जोडिएको रहेछ ।

र ति युवतीलाई सँगै बस्न र अर्डर गर्न होटल सञ्चालकले नै लगाएका रहेछन् । उनिहरुले सबै ग्राहकलाई यसरी नै ठग्ने गरेका रहेछन् । अहिले रेष्टुरेण्ट बन्द छ भने सञ्चालक तथा कर्मचारीहरु अहिले प्रहरी थुनामा छन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]