Nepa Top
century-bank

मेसिनले च्याप्दा कोरियामा कार्यरत लिम्बुको मृत्यु

कोरिया । मेसिनले च्याप्दा कोरियामा कार्यरत एक नेपालीको मंगलबार मृत्यु भएको छ । पाँचथर जिल्ला फिदिम नगरपालिका साबिक चोकमागु स्थाई घर भएका राजेश तुम्बापो (लिम्बु)को मेसिनले च्याप्दा मृत्युु भएको सियोल स्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताएका छन् ।

तस्बीर: मृतको सहकर्मीको फेसबुकबाट

इपिएस मार्फत करिब २ बर्ष अघि कोरियामा गएका लिम्बु छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । काम गरिरहेको बेला मेसिनले च्याप्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे नेपालका आफन्तलाई जानकारी दिने तयारि भैरहेको कन्सुलर बास्तोलाले बताउनु भयो । मृतक लिम्बुका भाइ पनि कोरियामै कार्यरत छन् ।

मृतकका सहकर्मीले बताए अनुसार म‌गलबार बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखत घटना घटेको हाे । घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमासमेत पुगेको उनका सहकर्मीले बताएका छन् ।

मृतक लिम्बुले केहीदिन अघि फेसबुकमा राखेका तस्बीर







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]