Nepa Top
century-bank

यस्तो बनेर आयो भाइरल जोडी बखत र प्रतिभा ‘बनाउ नेपाल’ (भिडियोसहित)

काठमाडौं, २० कात्तिक । नेपालको पछिल्ले भाइरल जोडीको गीत बजारमा आएको छ । भाइरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीले आवाज भरेका छन् ।

गितमा गायकसँगै भाइरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णराज गिरीले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताए । उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।

त्यस्तै गीतका लेखक बखत बिष्टले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए । नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ । आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनार्इ छ ।

पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरिरहेका छन् । उनिहरु अहिले काठमाडौंमा बसेर संघर्ष गरिरहेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]