Nepa Top
century-bank

प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्रको नयाँ पोस्टर सार्वजनिक

एजेन्सी । नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्म बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्र हो।

पोस्टरमा तीन बाल–बालिकालाई फिचर्ड गरिएको छ । यसअघि चलचित्र अन्तर्राष्ट्रिय फेस्टिबलहरुमा रिलिज भइसकेका छन् । जर्मनी मा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार हात पारिसकेको छ । प्रियङ्का चोपडा र उनकी आमा मधु चोपडाले यो चलचित्रलाई निर्माण गरेकी हुन् ।

चलचित्रलाई पाखी ए टेरेबालेले लेखन र निर्देशन गरेका छन् । चलचित्र यही डिसेम्बर ७ तारिकमा रिलिज हुने तरुण आदर्शले ट्विटर मार्फत जानकारी दिए ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]