Nepa Top
century-bank

सिद्धार्थ बैंकको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं, १९ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट लाभांस वितरण र चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम बढेको छ । बैंकहरुले गत वर्ष भन्दा यस वर्षको पहिलो त्रैमासमा नाफा बढाएका छन् ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५० लाखरुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । ८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ९९ अर्ब ९० करोड निक्षेप संकलन गरेको छ भने ९० अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १ दशमलव चार प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको छ ।

सिद्धार्थ बैंकको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

  • खुद नाफाः– ५२ करोड ५० लाख रुपैयाँ
  • चुक्ता पूँजीः– ८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ
  • निक्षेपः– ९९ अर्ब ९० करोड
  • कर्जा लगानीः– ९० अर्ब ६७ करोड
  • प्रतिशेयर आम्दानीः– २४ रुपैयाँ ८१ पैसा

सनराइज बैंक

सनराइज बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । १० प्रतिशत ब्याजदरमा १ हजार अंकित मूल्यका दशलाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये २० प्रतिशत सर्वसाधारणका लागि निष्काशन गर्ने छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकी रुपमा हुने छ । सनराइज बैंकले ऋणपत्र विक्रीका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ । बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ अर्ब ७९ करोड निक्षेप र ६६ अर्ब ८२ करोड कर्जा लगानी गरको छ ।

  • १ अर्बको ऋणपत्र विक्री गर्दै सनराइज बैंक
  • ब्याजदरः– १० प्रतिशत, अर्धवार्षिकी भुक्तानी
  • २० प्रतिशत ऋणपत्र सर्वसाधारणलाई विक्री गर्ने
  • प्रभु क्यापिटल विक्री प्रवन्धक
  • ७५ अर्ब ७९ करोड निक्षेप र ६६ अर्ब ८२ करोड कर्जा लगानी






Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]