Nepa Top
century-bank

क्रोएसियाका पूर्व-प्रधानमन्त्रीलाई युद्ध अपराधमा दुई वर्ष जेल, ५ लाख युरो जरिवाना

जाग्रेब । क्रोएसियाका पूर्व-प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।

युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई साढे दुई बर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो ।

तर पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गरेका छन् । उनले सोही आरोपमा यस अघि नै जेल सजाँय भुक्तान गरेको दावी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]