Nepa Top
century-bank

४४ वर्ष पुगिन् ‘छइयाँ-छइयाँ’ गर्ल : यस्ताे छ मलाइकाकाे फिटनेस लुक्सकाे रहस्य

एजेन्सी |

बलिउडमा ‘छइयाँ-छइयाँ’ गर्लका नामले चर्चित मलाइका आरोडा ४४ वर्षकी भएकी छन् । तर पनि उनी ४४ पुगेजस्ती देखिन्नन, किनभने उनी सधैँ जवान तरुनी देखिइरहन अनेक उपाय गरिरहेकी हुन्छिन् ।

भारतकाे महाराष्ट्रस्थित ठाणेमा सन् १९७३ काे २३ अक्टोबर जन्मिएकी मलाइकाको बलिउडमा छुट्टै पहिचान छ । उनको फिटनेस भिडियो सोसल मिडियाहरुमा खुब रुचाइन्छ । किनभने उनको लुक्सका क्रेजी फ्यान धेरै छन् । मलाइकाले आफूलाई फिट एन्ड फाइन राख्नका लागि राम्रो डाइटिङका साथै फिटनेस सेन्टर गएर पसिना बगाउन छाेड्दिनन् ।

बलिउड उद्योगमा मलाइकालाई ‘फेसन क्वीन’को नामले पनि चिन्ने गरिन्छ । यसै कारण मलाइकाको र्याम्प वाल्कदेखि जिम लुक्स जहिल्यै पनि मीडिया तथा सामाजिक सञ्जालमा चर्चाकाे विषय बनिरहन्छ ।

Related image

मलाइका एक कुशल अभिनेत्री, डान्सर, ट्राभलर तथा मोडल हुन् । अरबाज खानसँगको उनकाे सम्बन्धकाे समेत बढी नै चर्चा हुन्छ । अरबाज र मलाइकाको पहिलो भेट सन् १९९३ मा भएको थियो, जहाँ उनीहरुलाई कफी ब्राण्डको बोल्ड फोटोशुटका लागि बोलाइएको थियो । पहिलो नजरमै उनिहरुको प्रेम बस्यो र पछि बिहे पनि गरे । तर १८ वर्षपछि नै त्याे सम्बन्ध टुट्याे । बिहे गरेकाे १८ वर्षपछि २०१६ काे २८ मार्चमा उनीहरुकाे सम्बन्ध बिच्छोड भयाे ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]