Nepa Top
century-bank

चर्चित र्‍यापर आशिष राना ‘लाहुरेको र्याप’ नामक चलचित्रमा अनुबन्धित

 काठमाडौ ।  र्याप ब्याटलबाट चर्चामा आएका चर्चित र्यापर आशिष राना उर्प लाउरे पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज्मा ब्यस्त छन् । अव लाउरे चलचित्रमा पुन देखिने भएका छन् । उनी नयाँ चलचित्र ‘लाहुरेको र्याप’ नामक चलचित्रमा अनुबन्धित भएका छन् ।

हाल लाउरे र निर्माण यूनिट बिच लिखित सम्झौता भइसकेको छ । यो चलचित्रमा लाउरेसँगै सोनाम पाख्रिन पनि फाइनल भएका छन् । चलचित्रका लागी लाहुरे र सोनाम मात्र फाइनल भएका छन् । अन्य कलाकारहरु भने केही दिन भित्रमा फाइनल गरिने निर्माण पक्षले बताएको छ । चलचित्रलाई पासाङ योन्जनले निर्देशन गर्ने भएका छन् भने कथा पनि उनकै रहेको छ ।

माघमा अफिसियल अनाउन्समेन्ट गरिने यस चलचित्रको छायाँकन भने फागुनबाट सुरु हुने छ । चलचित्रमा कसम नेपालको स्क्रिप्ट, हरी हुमागाईंको छायांकन र दावा शेर्पाको निमार्ण रहने छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]