Nepa Top
century-bank

कुकुरकाे टाेकाइबाट दसैंको टीका लगाउन हिँडेका ५ जना घाइते, एककाे अवस्था गम्भीर

भद्रपुर । छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन्। घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन्।

दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो। घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ। सिम्रनको गालामा कुकुरले टोकेको पशु प्राविधिक दीपक बरालले जानकारी दिए।

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बरालले बताए।

अरु घाइते स्थानीय निजी स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन्। स्थानीयवासी टेकबहादुर देवानका अनुसार रेविज लागेको आशङ्का गरिएका दुई छाडा केही दिनयता मेचीनगर–१ बाहुनडाँगीमा मानिस र पशुलाई टोक्दै आएका छन्।

मानिस र घरपालुवा पशुलाई टोकेर भाग्ने गरेका ती कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिन सकेका छैनन्। स्थानीयवासीले गाउँमा छाडा कुकुरको सङ्ख्या बढेको भन्दै नियन्त्रणका लागि माग गरेका छन्। रासस







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]