Nepa Top
century-bank

झगडा भएपछि एक किशोरीले बलात्कारको आरोप लगाउँदै बार्गेनिङ सुरु गरेपछि….

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई कतिपय मानिसले रिसइबी साँध्ने र फसाउने अस्त्रका रुपमा प्र्रयोग गर्दै आएका छन् । कतिपय अवस्थमा प्रेममा परेका युवायुवतीबीच सहमतिमै शारीरिक सम्पर्क हुने र पछि परिवार तथा आफन्तको दबाबमा बलात्कार मुद्धा दर्ता गर्ने गलत धन्दा पनि बढ्दो छ । यस्तै एक घटनाका कारण अहिले आरोपित युवा डिल्ली बजार कारागारमा छन्, भने यता पीडित भनिएकी किशोरीले आरोपित युवकको आमालाई फोन गर्दै पैसा मागिरहेकी छन् ।

खोटाङ घर भएकी एक किशोरीले एक महिनाअघि उनले आँफु माथि जबरजस्ती करणी गरेको भन्दै भक्तपुर बालकोटका परियार थरका एक युवक विरुद्ध ठिमी प्रहरी चौकीमा उजुरी दिइन् । यही कारण प्रहरीले २७ दिनको अनुशन्धानपछि भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि डिल्ली बजार कारागार पठायो ।

आरोपित युवककी आमाका अनुसार उनिहरुसँगै एउटै कोठामा सुत्थे । करिब एक सातादेखि सबै सँगै थिए । रामैं चलिरहेको थियो । तर भौै २७ गते किशोरीका काका मातेर आएर युवक माथि हातपात गरे । यही कारण युवककी आमाले प्रहरीलाई खबर गरिन् । उता घाइते युवकलाई उपचारका लागि अस्पताल लगियो । उनको उपचारका क्रममा चिकित्सकले समेत कुटपिटबाट घाइते भएको देखाए ।

प्रहरीमा युवकलाई कुट्ने काकाविरुद्ध उजुरी पर्नुपर्नेमा उल्टो उनि माथि बलात्कार उजुरी दर्ता भयो । किशोरीले जबरजस्ती करणको मुद्धा हालेपछि युवकले सहमतिमै शारीरिक सम्पर्क भएको जबरजस्ती नभएको दाबी गरे । काकाविरुद्ध कुटपिटका उजुरी गर्ने डरले उल्टो किशोरीलाई प्रयोग गरिएको अहिले आरोपित पक्षको दाबी छ ।

अहिले दैनिक जसो पीडित भनिएकी किशोरीले परियारकी आमालाई फोन गर्छन् र २ लाख रुपैयाँ दिए मुद्धा फिर्ता लिइदिने बताउँछन् । गरिब परिवारका उनिहरु रङरोगन तथा ज्याला मजदुरीको काम गरेर जीविको पार्जन गरिरहेका छन् । अहिले उनिहरुसँग २ लाख पैसा छैन ।

प्रहरीमा काकालाई कुटपिट गरेको कुनै उजुरी दर्ता भएको छैन । अहिले पनि किशोरीले आँफुहरुको सहमतिमै सबै भएको तर परिवारको दबाबमा उजुरी गरेकाले २ लाख पैसा दिए उजुरी फिर्ता गर्ने बताउँछन् ।

नयाँ मुलुकी ऐन अनुसार १८ वर्ष कम उमेरमा सहमतिमै शारीरिक सम्बन्धमा भएपनि बलात्कार मानिन्छ । अहिले परियार पुर्पक्षका लागि थुनामा छन् । यो मुद्धा भक्तपुर जिल्ला अदालतमा छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]