Nepa Top
century-bank

जुटको नेपाली उत्पादन प्रयोग नर्गन भारतीय जुट कमिश्नरको निर्देशन

  • तारा आचार्य,

विराटनगर, ३१ असोज । नेपालबाट आयात गरिएका जुटका तयारी वस्तुमा भारत सरकारले एण्टी डम्पिङ ड्युटी लगाउन थालेको छ । नेपाली वस्तुमा गैर भन्सार अवरोध पु¥याउदै आएको भारतले पछिल्लो पटक तयारी जुट सामग्रीमा एण्टी डम्पिङ ड्युटी लगाएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुलाई प्रतिष्पर्धा गर्न गाह्रो भएको छ ।

भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी भारतीय बजारमा नै तयारी वस्तु पठाइरहेको बेला भारत सरकारले तयारी जुट सामग्रीमा ४ प्रतिशतसम्म एण्टी डम्पिङ ड्युटी लगाएको छ ।

नेपाली उत्पादनलाई प्रतिष्पर्धा गर्नै नसक्ने पार्न भारत सरकारले एण्टी डम्पिङ ड्युटीका साथै जुट कमिश्नरले चिनी र खाद्यान्न प्याकेजिङमा नेपाली उत्पादन प्रयोग नगर्न निर्देशन समेत दिएको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिनुभयो । जुटका सामग्री सबैभन्दा बढी चिनी, चामल र दाल प्याकेजिङमा प्रयोग हुने गरेको छ ।

विभिन्न करहरु लगाएर नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्नै नसक्ने बनाएको भारतमा यसअघि नेपाली उत्पादनलाई साढे १२ प्रतिशत सिभिडी अर्थात काउण्टर भ्यालु ड्युटी लगाएको थियो । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ११ वटा जुट उद्योगहरु मध्ये प्रतिष्पर्धा गर्न नसकेर ५ वटा जुट उद्योगहरु बन्द भईसकेका छन् भने अन्य उद्योगहरु जेनतेन चलिरहेका छन् ।

यहाँका जुट उद्योगहरुले वार्षिक करिब २ अरब रुपैयाँ बराबरको कच्चा जुट भारत र बंगलादेशबाट आयात गरी ६ अरब रुपैया बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]